सुडान सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता

सुडान सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता

१८ असोज, काठमाण्डौँ । सुडानको सरकार तथा विद्रोही समूहबीच हिजो (शनिबार) शान्ति सम्झौता भएको छ । सम्झौतामा हस्ताक्षर भएपछि सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्ध अन्त्य भएको छ ।

सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए । उक्त स्थानमा नै सम्झौतामा हस्ताक्षर भएको छ ।

दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले भने, ‘आज हामीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छौँ । हाम्रो लक्ष्य पूरा भएको छ ।’

सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार छ । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।

सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् । चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270