१६ असोज, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रपति ट्रम्पले यसबारे ट्वीट गर्दै आफू र प्रथम महिला मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जनाएका हुन् ।
यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा थिए ।