२९ श्रावण, काठमाण्डौँ । विश्वभर कोरोना भारइरसका कारण ७ लाख ४५ हजार ९ सय २३ को जनाको मृत्यु भइसकेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड १९ संक्रमित धेरै हुने मुलुकमा अमेरिका र ब्राजिल अग्रस्थनमा रहेका छन् ।
भारतको टाइम्स अफ इन्डियाले जनाएअनुसार भारत मृत्यु धेरै हुने मुलुकको चौथो स्थानमा उक्लिएको छ ।
बेलायतलाई पछि पार्दै भारत एक कदम अगाडी देखिएको हो । बेलायतमा मृत्यु हुने संक्रमितको संख्या ४६ हजार ७ सय ९१ रहेको छ । त्यहाँ मृत्यु दर पहिलेको तुलनामा कम हुँदै गइरहेको छ ।
यता भारतमा भने मृत्यु हुने दर बढ्दो छ । अमेरिकामा १ लाख ४५ हजार ९ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
ब्राजिलमा १ लाख ३ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् ।
मेक्सिकोमा मृत्युहरुको संख्या ५३ हजार ९ सय २९ पुगेको छ भने छिमेकी मुलुक भारतमा मात्रै ४७ हजार भन्दा धेरै संक्रमितको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।
बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको गणना संख्यालाई नयाँ मापदण्ड अनुसार पुनरावलोकन गरेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार कम देखाइएको छ । योसँगै बेलायतमा यसअघि सार्वजनिक कोरोना संक्रमित मृतक संख्यामा १२ प्रतिशतले कमी आएको छ ।
अगष्ट १२ सम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार ३ सय २९ पुगेको भएपनि नयाँ तथ्यांक अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ४१ हजार ३ सय २९ मात्र देखाएको छ ।