भारतका सेनापति नरवाणे दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित

भारतका सेनापति नरवाणे दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित


४ कार्तिक, काठमाण्डौँ । भारतका सेनापति एम.एस. नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाले यसको पुष्टि गरिसकेपनि मिति खुलाएको छैन । तर, उनी दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।

नेपाली सेनाले भारतका सेनापति नरवाणे नेपाल भ्रमणमा कात्तिक महिनामै आउने पुष्टि गरेको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले पनि दिपावलीलगत्तै नरवाणेले नेपाल भ्रमण गर्ने उल्लेख गरिसकेको छ ।

सेनापति नरवाणे फेब्रुअरी महिनामै नेपाल भ्रमणमा आउने तय भएको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको पदवी ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । कोभिड १९ महामारीका कारण भ्रमण स्थगित भयो । अहिले त्यही कार्यक्रमका लागि उनी तीन दिने नेपाल भ्रमणमा आउँदैछन् ।

नरवाणे नेपाल भ्रमणमा आउनलाग्दा दुई देशको सम्बन्धमा निकै उतारचढावहरु आइसकेका छन् । विशेषगरी कालापानीको विषय गम्भीरताका साथ उठेको छ । नेपालले कालापानीसहितको भूभागलाई नयाँ नक्शा बनाएर समेटेको छ । भारतले आपत्ती जनाइसकेको छ ।

कालापानीको विषयलाई नेपालले उठाउँदा सेनापती नरवाणेले सार्वजनिक रुपमा बोलेका थिए । उनले यसलाई नाम नतोकी कसैको उक्साहट भनी चीनतर्फ संकेत गरेका थिए । अहिले भारतको उत्तरी क्षेत्रमा चीनसँग सीमा समस्या छ । नेपालतर्फ पनि चीनले सैन्य गतिविधि बढाएको छ । हुम्लामा नेपाली भूमि अतिक्रमणको विषय उठेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर