अमेरिकाको दादागिरीलाई उचित जवाफ दिने इरानको चेतावनी

अमेरिकाको दादागिरीलाई उचित जवाफ दिने इरानको चेतावनी

६ असोज, काठमाण्डौँ । अमेरिकाको दादागिरीलाई उचित जवाफ दिने इरानले चेतावनी दिएको छ । इरानी राष्ट्रपति हसन रुहानीले सो चेतावनी दिएका हुन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति रुहानीले भनेका छन्– ‘इरानले अमेरिकाको दादागिरीलाई उचित जवाफ दिनेछ ।’ राष्ट्रपति रुहानीले आफ्नो देशमा राष्ट्रसंघमार्फत प्रतिबन्ध लगाउने अमेरिकी योजना असफल भएको समेत दाबी गरेका छन् ।

उनले अमेरिकाको यो एकतर्फी फैसलालाई युरोपेली सहयोगी मुलुकहरुले समेत कानुनी रुपमा अवैधानिक ठहर गरिसकेको बताए । रुहानीले सम्बोधनका क्रममा भने– ‘इरानमाथि प्रतिबन्ध लगाउने योजनामा अमेरिकाको हार निश्चित हुँदै गएको छ । उ पराजित हुँदै गएको छ र यो सवालमा अन्तर्राष्ट्रिय जगतबाट अमेरिकाविरुद्ध नकरात्मक प्रतिक्रियाहरु प्राप्त भैरहेका छन् ।’

उता, ट्रम्प प्रशासनले भने इरानमाथि फेरि प्रतिबन्ध लगाउने निर्णय उसको आणविक सम्झौताको शर्तमा मात्र भएको प्रस्ट पार्दै आएको छ । अमेरिका उक्त सम्झौताबाट अलग भैसकेको थियो । तर बेलायत, फ्रान्स र जर्मनीको दबाब उसले झेल्नुपर्याे । बेलायत, फ्रान्स र जर्मनीले अमेरिकालाई त्यसो गर्ने (तत्काल अलग हुने) अधिकार नभएको दाबी गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270