जापानको प्रधानमन्त्रीमा कस्ले वाजी मार्लान् ?

जापानको प्रधानमन्त्रीमा कस्ले वाजी मार्लान् ?


२९ भाद्र, काठमाण्डौँ । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीमा प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् ।

प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै गत महिना राजिनामा दिनुएपछि ती नेताहरुले आकांक्षा देखाएका हुन् ।

वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव रहेका योसिदे प्रमुख दाबेदारको रुपमा अघि सारिएको छ । आबेका विश्वास पात्रका रुपमा रहेका योसिदेले सरकारले यसअघि लिएको नीतिलाई निरन्तरता दिने बताइएको छ ।

अर्का आकांक्षी सुगे चतुर हुन् । उनी अनुभवी राजनीतिज्ञ मानिन्छन् । सुगेको कार्यशैली आगामी वर्ष हुने निर्वाचनको नतिजाले देखाउने विश्लेषकहरुले बताएका छन् ।

सुगेका प्रतिष्पर्धीका रुपमा रहेका किनिदा फुमियो र शिगेरु इशिवा पनि उत्तिकै दावेदारको रुपमा रहेको बताइएको छ ।

तर, निवर्तमान प्रधानमन्त्री आवेको समर्थन रहेकाले सुगे नै नयाँ प्रधानमन्त्रीको उम्मेद्वार बन्ने सम्भावना बलियो रहेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै प्रमुख विपक्षी दल कन्जर्वेटिभ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)ले आफ्नो उम्मेद्वार छनौट गरेपछि आगामी बुधबार संसदले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्ने बताइएको छ ।

नयाँ निर्वाचित प्रधानमन्त्रीले आगामी वर्ष हुने मध्यावधि निर्वाचन गराउनुपर्ने चुनौती रहेको छ ।

-एजेन्सी

प्रतिक्रिया:

सम्बन्धित खवर