२७ श्रावण, झापा । झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
इलामको चुलाचुली–६ साक्फारा घर भई हाल दमक नगरपालिका १ मा बस्दै आएका २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार गएराती ९ बजे तिर घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका तामाङको दमकको एडभान्स अस्पतालमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनाका बारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।