२७ श्रावण, झापा । दमकको मुख्य चैकमा पेरुङ्गो होटल सञ्चालनमा आएको छ । सोमबार देखि होटलले सेवा दिन सुरु गरेको छ । साहित्यकार पदम फियाक लिम्बु (बाटोघरे कान्छा)ले होटल सञ्चालनमा ल्याएका हुन् ।
दशक अघि देखि साहित्य क्षेत्रमा कलम चलाउदै आएका बाटोघरे कान्छा दमकमा कुरियर व्यावसाय सञ्चालन गर्दै आएका थिए । कुरियर सेवासँगै अब कान्छाले पेरुङ्गो होटल सञ्चालनमा ल्याएका हुन् ।
होटलमा मौलिक परिकारहरु वाचिप्पा, याङबेन, पेरुङ्गो डिक्स, सेकुवा, सुकुटी, तोङ्बा लगायतका परिकारहरु पाइने सञ्चालक बाटोघरे कान्छाले बताए ।
सञ्चालकका आमा जीतमाया लिम्बूले रिबन काटेर होटलको उद्घाटन गरेकी थिइन् ।