सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएराती ४.७ म्याग्निच्युटको भूकम्प

४ वैशाख, सोलुखुम्बु । सोलुखुम्बुको फेरालाई केन्द्रविन्दु बनाएर गएराती भूकम्म गएको छ । सोलुखुम्बुको फेरा आसपासको केन्द्र भएर माध्यराती १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो भुकम्पको कारण मानविय धानजनको क्षती नभएको बताईएको छ । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पका कारण करिब १० हजार मानिसको ज्यान गएको थियो भने लाखौं मानिस अंगभंग भएका थिए ।

कोरोनाको कारण देखाउदै पश्चिम बंगालले गर्यो मेचि नाका सिल, आयात निर्यात पुर्ण रुपमा ठप्प

४ वैशाख, झापा । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको झापाको काकरभिट्टा स्थित मेची भन्सार नाका बन्द गरेको छ । यस संगै नेपालको पूर्वी नाकाबाट आयात निर्यात पुर्ण रुपमा ठप्प भएको छ । बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान..

सुनसरीको मस्जीदमा १० जना भारतीय नागरीक फेला

३ बैशाख, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जीदमा १० जना भारतिय मुलका बंगाली भाषीहरु फेला परेका छन् । नेपाल मुस्लीम संघ प्रदेश एकका सभापती हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु रहेको बताईएको छ । भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता ठेगाना बताउने उनिहरुको भारतिय नागरिता मस्जीदमा फेला परेको उहाँले बताउनुभयो । सामाजिक अभियन्ता समेत रहनुभएका मन्सुरीका अनुसार वर्ष ४२..

कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार

कैलाली, २ वैशाख । कैलालीमा एक किशोरीलाइ सामूहिक रूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार आफन्तकहाँ गएर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेकी हुन् । बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन्..

बर्जु गाउँपालिकाले बाढ्यो ६ हजार परिवारलाई खाद्यान्न राहत

२ वैशाख, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाले ६ हजार बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडागत विपन्न परिवारहरुको पहिचान गरेर राहत वितरण गरिएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीले बताउनुभयो । उहाँका अनुसार विपन्न गरिव र ज्याला मजदुरी गरी पेट पाल्दै आएका परिवारको सो राहत खाद्यान्न सामाग्री वितरण गरिएको हो । भिडभाड हुन नदिन सावधानी अपनाई दुरी कायम गरी वडागत रुपमा राहत वितरणको क्रम थालिएको गाउँपालिकाले जनाएको..

बराह ग्रुपद्वारा कोरोना राहत कोषमा १९ लाख हस्तान्तरण

२ वैशाख, सुनसरी । धरान उपमहानगरपालिकाको बराह गुरुपले कोरोना राहत कोषमा १९ लाख रुपैँया हस्तान्तरण गरेको छ । बराह गुरुपले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि १९ लाख रुपैया सहयोग गरेको हो । बराह गुरुप अन्तर्गत सञ्चालित २५ वटै भगिनि संस्थाका कर्मचारीको तर्फबाट स्वइच्छाले रकम संकलन गरेर सरकारलाई हस्तान्तरण गरेको बराह ग्रुरुपका अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिनुभयो । लामिछानेले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु..

धरानको पानवारीमा एक व्यक्ति मृत फेला

२ बैशाख,  सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पानवारीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पानवारीमा विगत लामो समय वेवारीसे अवस्थामा सडकमा नै बस्ने अन्दाजी ५९ वर्षिया विनोद राई नाम गरेका व्यक्ति मृत फेला परेका हुन । धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवनसिं बस्नेतका अनुसार मंगलबार राती पानवारीको कलबोट नजिकैको मान्छे नबस्ने खाली घरमा ति व्यक्ति मृत अवस्थमा फेला परेका हुन् । उनको..

नहरमा डुबेर ८ बर्षीय बालकको मृत्यु

२ वैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नं. ७ मा नहरमा डुबेर ८ बर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको रङगेली नगरपालिका २ घर भई दुहवीको ए.वि.आइ. ईटा भट्टामा काम गर्ने सुरज ऋषिदेबको ८ बर्षीय छोरा करण ऋषिदेब रहेको बताइएको छ । हिजो सोमवार आफ्नो आमासँगै नहरमा नुहाउन गएका बालक अचानक पानीमा डुबेर घाईते भएको र उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका..

लकडाउन अवधिभर निःशुल्क एम्वुलेन्स सेवा

२ वैशाख, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर एम्बुलेन्स सेवालाई निशुल्क बनाएको छ । हृदयाघात, मुटुरोगी, मिर्गाैलारोगी लगायतका बिरामीलाई अस्पताल आउजाउ गर्न निःशुल्क एम्वुलेन्स सेवा दिईने निर्णय भएको जनाईएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा उपलब्ध गराईने छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न..

सल्यानको दश वटै स्थानिय तहमा विपद ब्यवस्थापन कोष स्थापना

३० चैत्र, सल्यान । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट उत्पन्न विपद सामना गर्न सल्यान जिल्लाका दश बटै स्थानिय तहहरुमा विपद ब्यवस्थापन कोष स्थापना गरिएको छ । तीन नगरपालिका र सात गाउँपालिकाले छुट्टाछुट्टै रुपमा आ–आफ्नो कोष बनाएर रकम जम्मा गर्न थालेको जनाईएको छ । जिल्लाको बागचौर नगरपालिकाले तीन करोड, शारदा नगरपालिकाले २५ लाख र बनगाड कुपिण्डे नगरपालिकाले १० लाखको कोष स्थापना बताईएको छ । यता गाउँपालिका तर्फ छत्रेश्वरी..