राैतहट, ५ बैशाख । राैतहट जिल्लाकाे चन्द्रपुर नगरपालिका १ का एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्याएको छ । युवक गत चैत ४ गते कतारबाट कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट फर्किएर घरमै बसेका थिए ।
कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत ४ मा आएकाहरुको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले चन्द्रपुर नगरपालिका १ वाग्मतीबाट उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनस्थल लगेको हो ।
कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा कोरोना संक्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयले सबैको खोजीका लागि देशभरिकै प्रहरी युनिटलाई पत्राचार गरेको थियो ।
‘उनी चढेको फ्लाइटका केहीमा संक्रमण देखिएकोले कन्ट्याक ट्रेसिङ गर्दै घरबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर शाहीले भने ‘आरडीटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएपछि आज पुनः स्वाब टेस्ट गराउदैछौँ।’