माेरङ, ४ वैशाख । माेरङकाे टाडीमा १ नम्बर प्रदेश सरकारले तयार पारेको क्वारेन्टिनबाट बिहीबारसम्म ९९ जना घर फर्किएका छन् ।
लकडाउनअघि झापाको काकडभिट्टा र मोरङको रानी नाकाबाट नेपाल प्रवेश गरेका र विदेशबाट फर्किएका प्रदेश १ का वासिन्दालाई उक्त क्वारेन्टिनमा राखिएको थियो । काेराेना परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ देखिएपछि घर पठाउन थालिएकाे हाे ।
क्वारेन्टाइनस्थल व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले घर फर्कने व्यक्तिलाई उसको स्थायी ठेगाना भएको स्थानीय तहको जिम्मा लगाएको छ । क्वारेन्टाइनबाट घर फर्केपछि पनि एक साता घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ ।
क्वारेन्टाइनमा हालसम्म बसेका १ सय २२ जनामा कोरोना संक्रमण परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।