औषधीजन्य बस्तुमा ठगी गर्ने मेडिकललाई दुई लाख जरिवाना

औषधीजन्य बस्तुमा ठगी गर्ने मेडिकललाई दुई लाख जरिवाना

५ बैशाख, नेपालगन्ज । लकडानको बेला औषधीजन्य बस्तु तोकिएको भन्दा महंगो मुल्यमा विक्रि गरेको भन्दै बाँकेको नेपालगन्जमा रहेको हिल्स मेडी सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । संयक्त बजार अनुगमन टोलीले अनुगमनका क्रममा तोकिएभन्दा बढी मुल्यमा ह्याण्डवास, स्यानीटाइजर जस्ता सामानहरु बिक्री गरेको पाएपछि जरिवाना गरेको हो ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।

बजार अनुगमन टोलीले उक्त सप्लायर्सलाइ खरिद मूल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन आदेश दिएको पनि जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर