झापाका चिया उद्योगहरु वैशाख ७ गतेदेखि खुल्ने

झापाका चिया उद्योगहरु वैशाख ७ गतेदेखि खुल्ने

५ बैशाख, झापा । विगत तिन साता देखी जारी लकडाउनले ठप्प भएका झापाका चिया उद्योगहरु आउदो वैशाख ७ गते देखि खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा हिजो बिहीबार बसेको बैठकबाट जिल्लाका ४ चिया उद्योगहरु खुलाइने सहमति भएको बताईएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा बसेको बैठकमा चिया उद्यमी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा लकडाउन उल्लंघन नगर्ने सर्तमा पाँच बुँदे निर्णय गरिएको बताईएको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलका अनुसार हिजो बसेका बैठकमा जिल्लाका चिया उद्योगहरू सञ्चालन तथा व्यवस्थापन लागि स्थानीय निकायहरुसँग समन्वय गर्ने, सरकारले आग्रह गरेको सामाजिक दूरी कायम गरी चियाको पत्ती टिप्ने, कामदारहरूलाई साबुनपानीले हात धुने ब्यवस्था, स्यानिटाइजर, मास्क अनिवार्य व्यवस्था गरी प्रयोग गराउने, चिया ढुवानी गर्ने गाडीमा ब्यानर राख्ने र चिया बगानमा हरियो पत्ती तौल गर्दा भिडभाड हुन नदिने निर्णय भएको छ ।

साथै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तोकिएको मापदण्ड बमोजिम चिया उद्योग सञ्चालन भएको वा नभएको बुझ्न अनुगमन समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर