प्रदेश
निजी अस्पताल र होटललाई समेत आईसोलेशन बनाउन दिने प्रदेश सरकारको निर्णय
२५ श्रावण, विराटनगर । कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि निजी अस्पताल र होटललाई समेत आवश्यकता अनुसार आईसोलेशन बनाउन दिने प्रदेश–१ सरकारले निर्णय गरेको छ । कोरोना क्राइसिस मेनेजमेन्ट प्रदेशस्तरीय कमिटी (सिसिएमसी)को आज साँझ सम्पन्न बैठकले जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन वार्ड स्थापना गर्ने र आवश्यकता अनुसार निजी क्षेत्रका संरचना समेत प्रयोगमा ल्याउने निर्णय गरेको हो । बैठकले आइसोलेसन स्थापना गर्ने तथा पीसीआर परीक्षणको दायरालाई थप फराकिलो र व्यवस्थित गर्ने सामाजिक..
प्रदेश–२ का कानुन मन्त्री यादवलाई कोरोना पुष्टि
२२ श्रावण, जनकपुरधाम । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवको रिपोर्ट कोरोना पोजेटिभ देखिए पनि पुनः परीक्षण हुने काम भइरहेको प्रादेशिक प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण मिश्रले जानकारी दिनुभयो । डा. मिश्रले आज दिउसो २ बजे पुनः परीक्षणको रिपोर्ट आएपछि मात्र कोरोना पुष्टि गर्न मिल्ने बताउनुभयो । मन्त्री यादवसंगै उहाँका चालक, व्यक्तिगत..
मेचीराजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम अलपत्र, बाटो भत्कन थाल्यो
१८ श्रावण, इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काम अलपत्र पर्दा मेचीराजमार्गमा क्षति पुग्न थालेको छ । इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्ला जोड्न मेचीराजमार्गको नाला(ड्रेन)मा फाइबर बिच्छ्याउने काम अलपत्र पर्दा बर्खायामको समयमा राजमार्गमै क्षति पुग्न थालेको हो । मेचीराजमार्गको नालामा अप्टिकल फाइबर बिच्छ्याएर पहाडी जिल्लामा जोडने काम अलपत्र परको हो । दक्षिण कोरियाको कम्पनीले गर्दै आएको काम लकडाउन भएसँगै काम छोडेर सम्पर्क विहिन भएको छ ।..
प्रदेश–१ मा आज थपिए ९ जना कोरोना संक्रमित
१४ श्रावण, सुनसरी । प्रदेश–१ मा आज ९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ र सुनसरीमा १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ४, ६ र १६ का ३ पुरुष, १ महिला, मिक्लाजुङ गाउँपालिकाका २ पुरुष, सुनबर्षी नगरपालिकाका १ पुरुष, रंगेली नगरपालिकाका १ महिला र सुनसरीको धरान उपमहानगरपालिकाका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको..
बजेट परिचालनमा प्रदेश–१ सरकार सफलः खुद बजेटको ९९.४२ प्रतिशत खर्च
९ श्रावण, विराटनगर । प्रदेश–१ सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद बजेटको ९९ दशमलव ४२ प्रतिशत खर्च गर्न सफल भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेशको खुद आम्दानी रु ३० अर्ब छ करोड ६७ लाख ६३ हजार ९४५ मा सिमीत हुँदा रु २९ अर्ब ८९ करोड १० लाख १३ हजार ४०५ रुपैयाँ खर्च भएको हो । प्रदेश–१ सरकारले रु ४२ अर्ब २० करोड ४ लाख..
प्रदेश–१ मा ‘मुख्यमन्त्री ड्यासबोर्ड’को स्थापना
९ श्रावण, विराटनगर । प्रदेशका सबै मन्त्रालय तथा निकाय र सबै स्थानीय तहसँग सिधा सम्पर्कका लागि प्रदेश–१ सरकारले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को स्थापना गरि सञ्चालनमा ल्याएको छ । प्रदेश–१ को विकासमा स्विटजरल्याण्ड सरकारले उपलब्ध गराएको एक अर्ब अनुदानबाटको सहयोगमा प्रदेश सरकारले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को स्थापना गरि सञ्चालनमा ल्याएको हो । आज विराटनगरमा आयोजित एक औपचारिक कार्यक्रमबीच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को शुभारम्भ गर्नुभयो । ड्यासबोर्डले प्रदेश–१ मा रहेका..
प्रदेश–१ मा ८२ प्रतिशत रोपाइँ
६ श्रावण, विराटनगर । प्रदेश–१ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गतवर्ष समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्ष मनसुनको प्रभाव तथा सिँचाइको सुविधाले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार १ सय १३ हेक्टर धान लगाउने..
झापाका १३ सहित प्रदेश–१ का २४ संक्रमित कोरोनामुक्त
२ श्रवाण, विराटनगर । प्रदेश–१ का २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले..
दुई अर्व मुल्य बराबरका आठ सय कन्टेनर मरीच–सुपारी वीरगन्जमा अलपत्र
१ श्रवाण, पर्सा । तेस्रो मुलुकबाट आयात गरिएको २ अर्व रुपैयाँ बराबरका आठ सय कन्टेनर मरीच, केराउ, छोकडा, सुपारी पर्साको सुख्खा बन्दरगाह भन्सार नाका वीरगन्जमा अलपत्र परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयात अनुमतिबिना ठुलो परिमाणमा भित्र्याइएको मरीच, केराउ, छोकडा, सुपारी दुई महिनाभन्दा बढी समयदेखि सुक्खा बन्दरगाहमा भन्सार वीरगन्जमा जाँच पास नभई अलपत्र परेको हो । आयातकर्ताहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पटक पटक अनुमति माग..
भारी वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु
११ असार, काठमाण्डौँ । आज बिहान भारी वर्षासँगै परेको चट्याङ्का कारण सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै स्थानका चार जनाको चट्याङ्ले लागेर ज्यान गएको हो । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो । प्रवक्ता भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७