प्रदेश
प्रदेश–१ का ल्याबहरूमा ‘रिएजेन्ट’ अभाव
८ असोजm सुनसरी । प्रदेश–१ का कोरोना परीक्षण गर्ने ल्याबहरूमा पिसिआर परीक्षण गर्दा चाहिने केमिकल ‘रिएजेन्ट’ सकिएको कारण कोरोना परीक्षण गर्नमा समस्या भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बुधवार एक सुचना नै जारी गरेर प्रदेश र सङ्घीय सरकारबाट रिएजेन्ट उपलब्ध नहुन्जेल सम्मलाई सरकारले तोकेको २ हजार शुल्क लिएर मात्रै कोरोना परीक्षण गर्ने जनाएको छ । बीपीको मात्रै होइन प्रदेश–१ का अरू ल्याबहरूमा पनि रिएजेन्ट सकिएको कारण कोरोना..
नेपालको संविधान अपुरो र अधुरो छः मुख्यमन्त्री राउत
३ असोज, जनकपुरधाम । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान अपुरो र अपुर्ण रहेको बताउनुभएको छ । प्रदेशको अधिकार सङ्कुचनको सोचबाट कतिपय विषयमा व्यवधान खडा गरिएको बताउँदै उहाँले संविधान अपूरो र अधुरो रहेको बताउनभएको हो । दलित, पहाडका जनजाति मुद्दालाई समेत समेट्न नसकेको उहाँको दावि छ । ‘संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधान सबैको सर्वस्वीकार्य बन्न सक्दैन ।’ उहाँ भन्नुभएको छ । संविधानमा पहिचान र सामथ्र्यका आधारलाई अनुसरण नगरिएको बताउँदै..
संविधान दिवसको अवसरमा मुख्यमन्त्री राईद्धारा शुभकामना व्यक्त
३ असोज, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रिय एकताको जगमा उभिन सवैलाई आग्रह गर्नुभएको छ । शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने र यसप्रति सबै नेपाली सङ्कल्पित हुन समेत उहाँले शुभकामना सन्देश मार्फत आव्हान गर्नुभएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न तथा सोही अभियानलाई सफल बनाउन ‘स्वच्छ, सुखी र समुन्नत..
प्रदेश–१ मा आज १७१ जना कोरोना संक्रमित थपिए
१ असोज । प्रदेश–१ मा आज १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९२ जना, सुनसरीमा ६३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै झापामा ११ खोटाङ र धनकुटामा १–१ र प्रदेश–१ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बढीगंगामा ४ महिला र ६..
प्रदेश–१ का सामाजिक विकास मन्त्री घिमिरे कोरोनामुक्त
१ असोज, विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त हुनु भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उहाँको रिपोर्ट आज नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उहाँ संक्रमणमुक्त हुनु भएको हो । मन्त्री घिमिरेलाई गत भाद्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भाद्र १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उहाँ होमआईसोलेसनमा बस्नुभएको थियो । यसअघि भाद्र २६ गते गरिएको परीक्षणमा उहाँको..
वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलद्धारा दुःख व्यक्त
२८ भाद्र, रुपन्देही । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिरोको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गर्नुभएको छ । उहाँले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएकोपहिरोमा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दुःखद खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।..
प्रदेश–१ का प्रहरी प्रमुख कार्कीलाई कोरोना संक्रमण
२३ भाद्र, काठमाण्डौँ । प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । तर प्रहरी कार्यालयले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । आज प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि उल्लेख छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उहाँले हिजो बिहान पिसिआर परीक्षणका लागि स्वाब दिनुभएको थियो । प्रदेश–१ जनस्वास्थ्य प्रयोगशालामा गरिएको उहाँको पीसीआर परीक्षण रिपोर्ट आज..
गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण
२१ भाद्र, कास्की । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अर्याललाई कन्ट्रयाक्ट ट्रेसिङका आधारमा कोरोना परिक्षण गरिएको थियो । बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालमा केही लक्ष्यण देखिएको छैन ।
प्रदेश–१ मा आज मात्र ४ जना कोरोना संक्रमितको मृत्यु
२० भाद्र, सुनसरी । प्रदेश–१ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । त्यसमा विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको रहेको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा हालसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । त्यसमा प्रदेश–१ स्थायी ठेगाना भएका २७ रहेका अन्य १२ जना प्रदेश १ बाहिरका रहेका छन् ।
नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ
२० भाद्र, सिराहा । सिराहामा नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाको गस्ती टोलिले मिर्चैया नगरपालिका–५ बाह्रविघाबाट हिजो बेलुका स्थानीय १९ वर्षीय ज्ञानु कुमार मण्डल, मिर्चैया–६ का २० वर्षीय अजय शर्मा र ३९ वर्षीय रमेश साहलाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो । प्रहरीले चेक जाँचको क्रममा को. ३५ प ४०१३ नम्बरको मोटरसाइकलबाट मण्डल र साहलाई पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरूले बाह्रविगहामै रहेको शर्माको पसलबाट..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७