प्रदेश

नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ
२० भाद्र, सिराहा । सिराहामा नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाको गस्ती टोलिले मिर्चैया नगरपालिका–५ बाह्रविघाबाट हिजो बेलुका स्थानीय १९ वर्षीय ज्ञानु कुमार मण्डल, मिर्चैया–६ का २० वर्षीय अजय शर्मा र ३९ वर्षीय रमेश साहलाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो । प्रहरीले चेक जाँचको क्रममा को. ३५ प ४०१३ नम्बरको मोटरसाइकलबाट मण्डल र साहलाई पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरूले बाह्रविगहामै रहेको शर्माको पसलबाट..

सोलुखुम्बुमा ८२ प्रतिशतभन्दा बढी घर पुनःनिर्माणको काम सम्पन्न
२० भाद्र, सोलुखुम्बु । भूकम्प गएको पाँच वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८२ प्रतिशतभन्दा बढी घर निर्माण भएका छन् । जिल्ला भरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार ६ सय ७३ घर प्रमाणित भएकोमा पुन निर्माणतर्फ १२ हजार ४ सय २८ र प्रबलीकरणतर्फ एक हजार दुई सय ४५ घर रहेका थिए । पुन निर्माणमा परेका भूकम्प पीडितमध्ये असारको अन्त्यसम्ममा आवास निर्माण सम्पन्न गरी १० हजार २ सय ४० पीडितले तेस्रो किस्ता..

वीरगञ्जमा थप एक कोरोना संक्रमित सहित एक बालकको मृत्यु
२० भाद्र, पर्सा । पर्साको वीरगञ्जमा थप एक कोरोना संक्रमित र कोरोना सङ्क्रमणको लक्षण भएका एक बालकको मृत्यु भएको छ । कोरोना संक्रमित एक पुरुषको गएराति र कोरोना सङक्रमणको लक्षण भएका बालकको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा विगत १५ दिनदेखि उपचाररत पर्सा पकाहमैनपुर गाँउपालिका–२ निवासी ७५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले बताउनुभयो..

धनकुटा जिल्ला अस्पतालमा पिसिआर परीक्षण हुने
१४ भाद्र, धनकुटा । जिल्ला अस्पताल धनकुटामा पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईका अनुसार संघीय सरकारले पीसीआर परिक्षण मेसिन खरिद गर्न एक करोड बजेट पठाएको छ । पिसिआर परिक्षण मेसिन जडानका लागि बजेटको सिलिङ आएको र अब खरिद प्रक्रिया सुरु भएको गुरागाईले बताउनुभयो । धनकुटामा पिसिआर परिक्षण मेसिन जडान भएपछि कोशी पहाडी जिल्ला धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको स्वाब परिक्षण गरिने भएको छ ।..

झापा सहित प्रदेश–१ मा आज थपिए ९५ कोरोना संक्रमित
१४ भाद्र, झापा । प्रदेश–१ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा..

कोरोना कहरले छुर्पीको निकासी रोकिदा प्रदेश–१ का ९ सय उद्योगी प्रभावित
१३ भाद्र, इलाम । कोरोनाको संक्रमणका कारण छुर्पीको निकासी ठप्प भएपछि प्रदेश एकमा रहेका सानारठूला गरी नौँ सय उद्योग प्रभावित भएका छन् । प्रदेश–१ बाट युरोप अमेरिकासहित १४ मुलुकमा छुर्पी निकासी हुँदै आएको थियो । नेपालको छुर्पी ‘डग च्यू’को रुपमा ती मुलुकहरुमा निकासी हुँदै आएको थियो । तर, अहिले अधिकांश छुर्पी उद्योग बन्द रहेका छन् भने सञ्चालनमा रहेका उद्योगले पनि उत्पादन भण्डार गर्नु बाध्यता छ । तयारी अवस्थामा रहेको छुर्पीसमेत..

कारागारबाट भागेका दुई सहित ४ फरार प्रतिवादी २० वर्षपछि पक्राउ
भदौ १२, कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका(६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा, सोही गाउँपालिका(३ बस्ने रोहीना भन्ने ४९ वर्षीय वर्षीय भगत चौधरी, सोही गाउँपालिका(४ बस्ने..

प्रदेश–१ मा आज ६४ संक्रमित थपिए
८ भाद्र, सुनसरी । प्रदेश–१ मा आज ६४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । मोरङमा २९ जना, सुनसरीमा १९ जना, झापामा ५ जना, धनकुटामा २ जना, संखुवासभामा १ जना र प्रदेश–१ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा १० महिला र १३ पुरुषको..

प्रदेश–२ मा मुख्यमन्त्री परिवर्तन हुने सम्भावनाः नेताहरुको दैडधुप सुरु
७ भाद्र, जनकपुरधाम । प्रदेश–२ को सरकारमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ । प्रदेश–२ का प्रदेशसभा सभामुख सरोज यादवलाई प्रदेश–२ का सत्तारुढ दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी दिइएको हो । योसँगै प्रदेशसभामा अब साविकका दुवै सत्तारुढ दलको संसदीय दल एकीकरण हुने प्रकृया शुरु भएको छ । दुवै दलको संसदीय दललाई एकीकृत गरी जनता समाजवादी पार्टी नेपालको संसदीय दल..

प्रदेश–१ मा ७० जनामा कोरोना संक्रमण पुष्टि
७ भाद्र, सुनसरी । प्रदेश–१ मा आज २७ महिला र ४३ पुरुष गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङक्रमितहरु मोरङमा ५०, झापामा १०, सुनसरीमा ९, र प्रदेश–१ बाहिरका चार जना रहेका छन् । विराटनगरमा आज ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगामा चार महिला र एक पुरुष, केराबारीमा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा संक्रमण देखिएको छ ।..