प्रदेश–१ मा आज थपिए ९ जना कोरोना संक्रमित

प्रदेश–१ मा आज थपिए ९ जना कोरोना संक्रमित

१४ श्रावण, सुनसरी । प्रदेश–१ मा आज ९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ र सुनसरीमा १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका वडा नं. ४, ६ र १६ का ३ पुरुष, १ महिला, मिक्लाजुङ गाउँपालिकाका २ पुरुष, सुनबर्षी नगरपालिकाका १ पुरुष, रंगेली नगरपालिकाका १ महिला र सुनसरीको धरान उपमहानगरपालिकाका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयक प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

प्रदेश–१ मा कोरोना संक्रमितको संख्या जम्मा ९७५ पुगेको छ । आज मात्र प्रदेश–१ का ८ सय ६९ जनाको पीसीआर परीक्षणगरिएको छ ।

पीसीआर परीक्षण गरिएकामध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो ।

प्रदेश–१ मा आज सम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर