प्रदेश

युवालाई समुदायमा परिचालन गर्छौँः मुख्यमन्त्री शाही
७ भाद्र, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी सङ्क्रमितको पिसीआर परीक्षण गरी सकिएकाले अरूलाई जोगाउन सचेतना आवश्यक रहेको बताउनुभएको छ । युवा गैरसरकारी संस्था महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा भएको ‘महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भूमिका विषयक’ भर्चुअल छलफल कार्यक्रममा उहाँले राजनीतिक नेता तथा कायकर्ता, कर्मचारी जो बढी जन सम्पर्कमा रहन्छन् उनीहरुबाट रोग फैलिने खतरा..

प्रदेश–१ का १०३ जनामा कोरोना पुष्टि
३२ श्रावण, विराटनगर । प्रदेश–१ मा आज १०३ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरङ जिल्लामा ९२ जना खोटाङमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ र प्रदेश–१ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।..

निजी अस्पताल र होटललाई समेत आईसोलेशन बनाउन दिने प्रदेश सरकारको निर्णय
२५ श्रावण, विराटनगर । कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि निजी अस्पताल र होटललाई समेत आवश्यकता अनुसार आईसोलेशन बनाउन दिने प्रदेश–१ सरकारले निर्णय गरेको छ । कोरोना क्राइसिस मेनेजमेन्ट प्रदेशस्तरीय कमिटी (सिसिएमसी)को आज साँझ सम्पन्न बैठकले जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन वार्ड स्थापना गर्ने र आवश्यकता अनुसार निजी क्षेत्रका संरचना समेत प्रयोगमा ल्याउने निर्णय गरेको हो । बैठकले आइसोलेसन स्थापना गर्ने तथा पीसीआर परीक्षणको दायरालाई थप फराकिलो र व्यवस्थित गर्ने सामाजिक..

प्रदेश–२ का कानुन मन्त्री यादवलाई कोरोना पुष्टि
२२ श्रावण, जनकपुरधाम । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवको रिपोर्ट कोरोना पोजेटिभ देखिए पनि पुनः परीक्षण हुने काम भइरहेको प्रादेशिक प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण मिश्रले जानकारी दिनुभयो । डा. मिश्रले आज दिउसो २ बजे पुनः परीक्षणको रिपोर्ट आएपछि मात्र कोरोना पुष्टि गर्न मिल्ने बताउनुभयो । मन्त्री यादवसंगै उहाँका चालक, व्यक्तिगत..

मेचीराजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम अलपत्र, बाटो भत्कन थाल्यो
१८ श्रावण, इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काम अलपत्र पर्दा मेचीराजमार्गमा क्षति पुग्न थालेको छ । इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्ला जोड्न मेचीराजमार्गको नाला(ड्रेन)मा फाइबर बिच्छ्याउने काम अलपत्र पर्दा बर्खायामको समयमा राजमार्गमै क्षति पुग्न थालेको हो । मेचीराजमार्गको नालामा अप्टिकल फाइबर बिच्छ्याएर पहाडी जिल्लामा जोडने काम अलपत्र परको हो । दक्षिण कोरियाको कम्पनीले गर्दै आएको काम लकडाउन भएसँगै काम छोडेर सम्पर्क विहिन भएको छ ।..

प्रदेश–१ मा आज थपिए ९ जना कोरोना संक्रमित
१४ श्रावण, सुनसरी । प्रदेश–१ मा आज ९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ र सुनसरीमा १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ४, ६ र १६ का ३ पुरुष, १ महिला, मिक्लाजुङ गाउँपालिकाका २ पुरुष, सुनबर्षी नगरपालिकाका १ पुरुष, रंगेली नगरपालिकाका १ महिला र सुनसरीको धरान उपमहानगरपालिकाका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको..

बजेट परिचालनमा प्रदेश–१ सरकार सफलः खुद बजेटको ९९.४२ प्रतिशत खर्च
९ श्रावण, विराटनगर । प्रदेश–१ सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद बजेटको ९९ दशमलव ४२ प्रतिशत खर्च गर्न सफल भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेशको खुद आम्दानी रु ३० अर्ब छ करोड ६७ लाख ६३ हजार ९४५ मा सिमीत हुँदा रु २९ अर्ब ८९ करोड १० लाख १३ हजार ४०५ रुपैयाँ खर्च भएको हो । प्रदेश–१ सरकारले रु ४२ अर्ब २० करोड ४ लाख..

प्रदेश–१ मा ‘मुख्यमन्त्री ड्यासबोर्ड’को स्थापना
९ श्रावण, विराटनगर । प्रदेशका सबै मन्त्रालय तथा निकाय र सबै स्थानीय तहसँग सिधा सम्पर्कका लागि प्रदेश–१ सरकारले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को स्थापना गरि सञ्चालनमा ल्याएको छ । प्रदेश–१ को विकासमा स्विटजरल्याण्ड सरकारले उपलब्ध गराएको एक अर्ब अनुदानबाटको सहयोगमा प्रदेश सरकारले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को स्थापना गरि सञ्चालनमा ल्याएको हो । आज विराटनगरमा आयोजित एक औपचारिक कार्यक्रमबीच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को शुभारम्भ गर्नुभयो । ड्यासबोर्डले प्रदेश–१ मा रहेका..

प्रदेश–१ मा ८२ प्रतिशत रोपाइँ
६ श्रावण, विराटनगर । प्रदेश–१ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गतवर्ष समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्ष मनसुनको प्रभाव तथा सिँचाइको सुविधाले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार १ सय १३ हेक्टर धान लगाउने..

झापाका १३ सहित प्रदेश–१ का २४ संक्रमित कोरोनामुक्त
२ श्रवाण, विराटनगर । प्रदेश–१ का २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले..