३२ श्रावण, विराटनगर । प्रदेश–१ मा आज १०३ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।
मोरङ जिल्लामा ९२ जना खोटाङमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ र प्रदेश–१ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरि, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुषमा संक्रमण पुष्टि भएकोे सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।