युवालाई समुदायमा परिचालन गर्छौँः मुख्यमन्त्री शाही

युवालाई समुदायमा परिचालन गर्छौँः मुख्यमन्त्री शाही

७ भाद्र, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी सङ्क्रमितको पिसीआर परीक्षण गरी सकिएकाले अरूलाई जोगाउन सचेतना आवश्यक रहेको बताउनुभएको छ ।

युवा गैरसरकारी संस्था महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा भएको ‘महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भूमिका विषयक’ भर्चुअल छलफल कार्यक्रममा उहाँले राजनीतिक नेता तथा कायकर्ता, कर्मचारी जो बढी जन सम्पर्कमा रहन्छन् उनीहरुबाट रोग फैलिने खतरा बढिरहेकाले युवालाई सुरक्षित तरिकाले समुदायमा परिचालन गरिने बताउनुभयो ।

समाज रुपान्तरणका सम्बाहक युवा भएकाले प्रदेश सरकारले उनीहरुलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले विरोधी मानसिकता मात्रै बोकेको अहिलेको अधिकांश युवाको संस्कार अब अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले प्रदेश सरकारले युवाको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरे पनि खर्चिन नसकेकाले समन्वयमा काम गर्न आवश्यक रहेकाले प्रादेशिक हिसाबले गठन हुने युवा परिषद्मा स्थानीय र सङ्घीय युवा संरचनालाई समेट्ने गरी ऐन ल्याउन माग गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270