२२ श्रावण, जनकपुरधाम । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
हिजो राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवको रिपोर्ट कोरोना पोजेटिभ देखिए पनि पुनः परीक्षण हुने काम भइरहेको प्रादेशिक प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण मिश्रले जानकारी दिनुभयो ।
डा. मिश्रले आज दिउसो २ बजे पुनः परीक्षणको रिपोर्ट आएपछि मात्र कोरोना पुष्टि गर्न मिल्ने बताउनुभयो ।
मन्त्री यादवसंगै उहाँका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र एक जना सशस्त्र प्रहरीका जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले जानकारी दिइएको छ ।
मन्त्री यादवको स्वास्थ्य अवस्था स्वास्थ्य सामान्य छ ।