निजी अस्पताल र होटललाई समेत आईसोलेशन बनाउन दिने प्रदेश सरकारको निर्णय

निजी अस्पताल र होटललाई समेत आईसोलेशन बनाउन दिने प्रदेश सरकारको निर्णय

२५ श्रावण, विराटनगर । कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि निजी अस्पताल र होटललाई समेत आवश्यकता अनुसार आईसोलेशन बनाउन दिने प्रदेश–१ सरकारले निर्णय गरेको छ ।

कोरोना क्राइसिस मेनेजमेन्ट प्रदेशस्तरीय कमिटी (सिसिएमसी)को आज साँझ सम्पन्न बैठकले जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन वार्ड स्थापना गर्ने र आवश्यकता अनुसार निजी क्षेत्रका संरचना समेत प्रयोगमा ल्याउने निर्णय गरेको हो ।

बैठकले आइसोलेसन स्थापना गर्ने तथा पीसीआर परीक्षणको दायरालाई थप फराकिलो र व्यवस्थित गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ ।

जनसंख्याको चाप धेरै भएका झापा, मोरङ र सुनसरी जिल्लामा निजी अस्पताल र होटलमा प्रदेश र स्थानीय तहको समन्वयमा आइसोलेसन स्थापना तथा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीका अनुसार बैठकले यस अघि स्थापना भएका क्वारेन्टाइनको संख्या घटाउने र सुनसरीको सि–म्याक्स, झापाको कलवलगुढी र चतराको क्वारेन्टाइनलाई थप व्यवस्थित गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270