प्रदेश–१ का २ सय ८५ जना कोरोना मुक्त

९ असार, विराटनगर । प्रदेश–१ मा कोरोना जितेर घर फर्कनको संख्या २ सय ८५ पुगेको छ । आज धरानबाट थप २७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । आज झापाका ४, मोरङका १८ र सुनसरीका ५ जना धरानबाट डिस्चार्ज भएका हुन् । यता देशभरमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य..

प्रदेश–१ मा थपिए २० जना कोरोना संक्रमित

९ असार, विराटनगर । प्रदेश–१ मा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० जना महिला छन् । प्रदेश–१ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी क्षितिश भट्टराईका अनुसार मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैचाका १–१ जना, सुनसरीको धरानका २ जना महिला, कोसी गाउँपालिकाका १ जना पुरुष र ओखलढुंगाका १ जना पुरुष र झापाका १२ जना गरी कुल २० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश..

काम विनाको अर्थ समिति भन्दै सांसद ‘मनाङे’ को राजीनामा

८ असार, काठमाण्डौँ । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिनुभएको छ । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उहाँले बताउनुभयो । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र लाग्यो,’ गुरुङले भन्नुभयो– ‘जता र्हेयो उतै भ्रस्टाचार छ । न काम गर्ने अधिकार..

जनकपुर–जयनगर रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न

६ असार, जनकपुरधाम । लकडाउनका कारण सबै पूर्वाधार निर्माणका क्षेत्रमा अशर परेपनि रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० कि.मी. रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा झण्डै ६२ कि.मी. सम्पन्न भइसकेको भौतिक पुर्वधार मन्त्रालयले जनाएको छ । कुर्था–जयनगर रेलमार्ग अन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । कोरोना..

कर्मचारीको मनोमानीले योजनाको काम ढिला भयोः प्रदेश सांसद कागते

५ आश्विन, विराटनगर । प्रदेश–१ का सांसद् काजिमान कागतेले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गर्नुभएको छ । प्रदेश सांसद विकाश कोष मार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद कागतेले गुनासो गर्नुभयो । आजको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कर्मचारी माननीय बन्ने गरेको भन्दै योजनाको काम कहाँ के भइरहेको छ ? भन्ने बारे अन्यौल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यहाँ..

हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित फेला

४ आश्विन, कास्की । गण्डकी प्रदेशमा विहिबार मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज फेला परेका नयाँ संक्रतिम मध्ये दुई जना महिला र बाँकि ४५ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय रामपुर पोखराले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ९४ पुगेको छ । जारी सुचना अनुसार हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुबाट मनाङ पुगेका कर्मचारीमा कोरोना पुष्टि भएको..

पत्रकारहरुका लागि रोजगार मुलक कार्यक्रम ल्याउन प्रदेश र स्थानिय सरकारसंग फोनिजको माग

३२ जेष्ठ, विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रदेश र स्थानीय सरकारलाई पत्रकारहरुको लागि लेखन वृद्धि, अनुसन्धानलगायतका रोजगारमुलक कार्यक्रम ल्याउन अनुरोध गरेको छ । प्रदेश र स्थानीय तहहरुमा आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउन लागेको बेला फोनिजले सो आग्रह गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो लिम्बूलाई फोनिज पदाधिकारी सदस्यको टोलिले मन्त्रालय..

पर्वतको कुश्मामा पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

३१ जेष्ठ, काठमाण्डौँ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा हिजो साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । हिजो साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि झरेको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । आज बिहान थप दुई जना दीपा थापा र..

रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ

२७ जेष्ठ, रुपन्देही । रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिजापती रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिनुभयो । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताउनुभयो । उहाँले हत्या किन र कसरी भएको..

गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि

२४ जेष्ठ, कास्की । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमितहरु स्याङ्जाका १०, कास्कीका ३, पूर्वीनवलपरासीमा ३ जना र बागलुङमा १ जना रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकाका १८ र ४० वर्षका दुई जना पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा..