राजनीति
वालुवाटारमा बसेको सर्वदलिय बैठकको निश्कर्षः भारतीय अतिक्रमण विरुद्ध एक होऔँ
१ जेष्ठ, काठमाण्डौँ । भारतीय अतिक्रमण विरुद्ध एक जुट हुन नेपालका सवै राजनितिक दल सहमत भएका छन् । नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला गत साता भारतले सो क्षेत्रमा सडक उद्घाटन गरेको सार्वजनिक भएपछि सरकार, राजनीतिक दल, नागरिक..
कोरोना राहत कोषमा नेकपा गढी गाउँ कमिटीको आर्थिक सहयोग
३१ वैशाख, सुनसरी । नेपाल कम्यूनिष्ट पार्र्टी(नेकपा) गढी गाउँ कमिटिले आज गढी गाउँपालिकाको कोरोना राहत कोषमा २५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ । महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण जारी लकडाउनले न्युन आय भएका वर्गलाई समस्या परेको भन्दै राहत स्वरुप गाउँपालिकाको राहत कोषमा नेकपा गाउँ कमिटिले २५ हजार रुपैँया बराबरको चेक पालिका प्रमुख श्रीप्रसाद यादवलाई हस्तानतरण गरेको हो । गाउँ कमिटिका अध्यक्ष खगेन्द्र प्रसाद चौधरीका अनुसार..
वालुवाटारमा सर्वदलीय बैठक सुरु, सबै दलका प्रतिनिधीहरुको सहभागिता
३१ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता रहेको छ । बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनुहुनेछ । पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भने भन्नेबारेमा उहाँले सत्तापक्ष..
वालुवाटारमा सर्वदलीय बैठक वस्दै, कोरोना नियन्त्रण र सीमा अतिक्रमणको विषयमा छलफल हुने
३१ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेसर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले साढे ४ बजेलाई बोलाएको प्रधानमन्त्रीकोे सञ्चारविज्ञ रामशरण वजगाईले जानकारी दिनुभएको छ । बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने बुझएको छ । प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु र सबै दलका शीर्ष नेताहरुलाई बोलाईएको छ । भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा भारतको चौतर्फी..
आफ्नो सुरक्षाकर्मी फिर्ता लैजान नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको आग्रह
३१ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुभएको छ । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उहाँले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुभएको हो । पछिल्ला दिनमा सीमा सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षामा खटिइएका सशस्त्र प्रहरी बल परिचालन गर्ने समाचार सार्वजनिक भइरहेका बेला प्रवक्ता श्रेष्ठको उक्त भनाइ बाहिर आएको हो । प्रवक्ता..
भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा स्थाई कमिटीको बैठक स्थगित
३१ वैशाख, काठमाण्डौँ । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण बैठक स्थगनको सूचना आएको एक नेताले बताए । मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।..
भारतीय अक्रिमणविरुद्ध दमकमा संयुक्त विद्यार्थीको शान्तिपुर्ण प्रदर्शन
३० वैशाख, झापा । झापा दमकमका विद्यार्थीहरुले आज भारतिय अतिक्रमणको विरुद्धमा प्रर्दशन गरेका छन् । दमक बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थीहरुले आज दमकको क्याम्पस मोडमा भारतिय विस्तारवाद विरुद्ध नारा लगाउदैँ प्रर्दशन गरेका हुन् । दमक क्याम्पसका विद्यार्थी संठनका प्रतिनिधीहरुमात्र सहभागी भएको प्रर्दशन दमक क्याम्पस देखी सुरु भएर क्याम्पसमोड चौकमा कोणसभामा परिणत भएर सम्पन्न भएको थियो । प्रर्दशनमा विद्यार्थीहरुले भारतिय विस्तारवाद मुर्दावाद, लिपुलेक–कालापानी हाम्रो हो, सम्पुर्ण विद्यार्थी संगठन एक होऔँ लगायतका नाराहरु..
लकडाउन कडा गर्न प्रधानमन्त्रीको निर्देशन, मानसरोवर सडकबारे जानकारी नपाएको भन्दै असन्तुष्टि
३० वैशाख, काठमाण्डौँ । लकडाउन झन कडा हुने भएको छ । आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको छ । एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाई गर्न निर्देशन दिनुभएको छ । उहाँको निर्देशनसँगै चेकजाँच कडा हुन थालेको छ । भारतमा आप्रवासी मजदुरहरुलाई घर जान दिन विशेष रेल..
नेकपा स्थाई कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने
३० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक भोलि विहान बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार(भोली) बिहान ११ बजे बैठक बस्ने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको छलफलपछि स्थायी समितिको बैठक बोलाइएको हो । यसअघि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएको भएपनि पार्टीभित्र चर्काे दवाव बढेपछि ओली बैठक बोलाउन सहमत भएको बताइएको..
लिपुलेकबारे भारतिय राजदुतलाई परराष्ट्र मन्त्रालयमै बोलाएर सरकारले दियो ‘कूटनीतिक नोट’
२९ वैशाख, काठमाण्डौँ । नेपाल सरकारले लिपुलेकबारे भारतलाई ‘कूटनीतिक नोट’ हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज भारतीय राजदूत विनय महोन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयको ट्विटमार्फत जनाइएको छ । आज परराष्ट्र मन्त्रालयमा भारतीय राजदूत क्वात्रासँग बैठक भएकोसमेत जनाइएको छ । यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको थियो । उक्त सडक उद्घाटन भएपछि नेपालमा व्यापक विरोध भएको थियो । परराष्ट्र मन्त्रालयले..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७