राजनीति
संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईतबार विहान ११ बजे बस्ने
२६ वैशाख, काठमाण्डौँ । विशेष स्वास्थ्य शुरक्षाको व्यवस्था सहित सुरु भएको बजेट अधिवेशनको आजको बैठक सम्पन्न भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही बेर अघि सम्पन्न भएको हो । दुवै सदनको बैठक कक्षमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाइएको थिईयो । अर्को बैठक पर्सी आईतबार विहान ११ बजे बस्ने बताईको छ ।
अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्छः पुर्वप्रधानमन्त्री भट्राई
२६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेता डा. वावुराम भट्राईले अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री भईसकेकाहरुले अव आफू प्रधानमन्त्रीको दावेदारीमा भन्दा पनि सल्लाहाकारको रुपमा रहेर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने तिर लाग्नुपर्ने बताउनु भएको हो । आजबाट सुरु भएको बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै उहाँले अबको समयमा पुस्तान्तरण गर्दे जानु पर्ने बताउनुभएको हो । अर्को प्रसङमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा..
यो समय कोरोना विरुद्धको अभियानमा एक भएर लाग्ने समय होः उपनेता नेम्वाङ
२६ वैशाख, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सांसद अपहरण’को यथार्थ छिट्टै आउने बताउनुभएको छ । आजबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो । नेता नेम्वाङले आफ्नो दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नहुने जिकिर गर्नुभयो । ‘त्यो बिषको वास्तविकता के हो ? संसदको यही अधिवेशनमा यथार्थ आउँछ ।’ उहाँले भन्नुभयो । यस्तै नेता नेम्वाङ्ले विश्व महामारीको..
दुई तिहाईको सरकारले दुई कौडीको काम पनि गरेनः राजेन्द्र महतो
२६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले आज संसद्मा सरकार प्रती आक्रोश व्यक्त गर्नुभएको छ । रातारात सरकार पार्टी फोर्ने र सांसद् चोर्ने खेलमा लागेको भन्दै आक्रोश ब्यक्त गर्नुभएको हो । आजबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्नुहुदै कोरोनाको कारण जनता समस्यामा परेका बेला सरकार भने आन्तरीक रुपमा कुर्सि जोगाउने खेलमा लागि परेको भन्दै अहिलेको दुई तिहाई नजिकको सरकारले दुई कौडीको काम पनि..
बजेट अधिवेशन आजदेखि शुरु हुँदै, विशेष स्वास्थ्य–सुरक्षा
२६ वैशाख, काठमाण्डौँ । सङ्घीय संसद्को छैटौँ बजेट अधिवेशन आजदेखि शुरु हुँदै छ । कोरोनाभाइरस संक्रमणपछि जारी लकडाउनकै बीच संघीय संसदको बजेट अधिवेशन अपरान्ह चार बजे शुरु हुने जनाईएको छ । अधिवेशनका लागि विशेष स्वास्थ्य–सुरक्षा व्यवस्था अपनाइएको छ । संसद सचिवालयका पदाधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन सुरु गर्न लागेको बताएका छन् । उनीहरुले कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण सांसद, कर्मचारी र मर्यादापालकको पीसीआर..
नेकपाको सचिवालय बैठक सम्पन्न, नेताहरुबीच चर्काचर्की, स्थायी कमिटी बैठक अनिश्चित
२४ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । भोलिबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की परेको थियो । सचिवालय बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका थिए । बीचमा उहाँ बैठक नै छोडेर बाहिरिनुभएके थियो । ओलीलाई निकै बेरसम्म नेताहरुले बैठक कक्षमा कुरेका थिए । स्रोतकाअनुसार अध्यक्ष..
बैंकको व्याजदर घटाउन सदनमा कुरा उठाउँछौंः सभापति देउवा
२४ वैशाख, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनले नेपालको अर्थतन्त्रलगायतका क्षेत्रमा ठूलो असर पुर्याएको बताउनुभएको छ । कांग्रेस संसदीय दलले आज पार्टी केन्द्रीय कार्यालयमा अर्थतन्त्रमा सरोकार राख्नेहरूसँग गरेको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । देउवाले भन्नुभयोः ‘विदेशमा रहेका नेपाली कामदारले रोजगारी गुमाएका छन् कतिपय देशले कामदार नेपाल फर्काइदिने भनिरहेका छन्, नेपालमा पर्यटक ठप्प छ । उद्योग, व्यापार कहिलेसम्म बन्द रहने..
नेकपा स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने
२४ वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । अहिले सचिवालय बैठक जारी छ । स्थायी कमिटी बैठकको स्थान र समयबारे आज विहान भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्तामा समझदारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी कमिटी सदस्यहरूलाई जानकारी आइसकेको स्थायी कमिटी सदस्य..
नेकपा सचिवालयको बैठक बस्दै, नेताहरु आ–आफ्नै गृह कार्यमा
२४ वैशाख, काठमाडौँ । बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज तीन बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकले स्थायी समितिका एजेण्डामाथी छलफल गर्ने जनाइएको छ । त्यसो त स्थाई समितीको बैठक बस्नु तिन दिन अधि (आईतबार) देखि नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई छुट्टा छुट्टै भेट गर्नुभएको छ ।..
एक व्यक्ति, एक पद मानेर जान प्रधानमन्त्री ओलीलाई नेता खनालको सुझाव
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थायी कमिटीको बैठकमा उत्पन्न हुने विरोधका स्वरलाई निस्तेज पार्ने कसरत तीव्र पार्नुभएको छ । पार्टीका बहुमत स्थायी कमिटी सदस्यको दबाबमा बस्न थालेको बैठकमा आफ्नो तीव्र आलोचना हुने र राजीनामाका लागि समेत दबाब आउन सक्ने आँकलन गर्दै ओलीले विरोधलाई मथ्थर पार्ने प्रयास गरिरहनुभएको हो । स्थायी कमिटीमा राजीनामा मागेर अप्ठेरो पार्नुअघि नै शीर्ष तहमा समझदारी..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७