सांसद श्रेष्ठद्धारा सरकारको नीति तथा कार्यक्रको प्रशंसा

४ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहनुभएका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मुलुक र मुलुकवासीको आवश्यकता पूरा गर्न र राजनीतिकरुपले आर्थिक सामाजिक रुपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम आएको भनी स्वागत गर्दै समर्थन जनाउनुभएको छ । राष्ट्रियसभामा आव २०७७७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै उहाँले देश र विश्वकै विशिष्ट परिस्थितिलाई ध्यान दिएर..

कांग्रेसलाई सुवास नेम्वाङको जवाफः ‘फूलको आँखामा फूलै संसार र काँडाको आखाँमा काँडै संसार’

४ जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रमको एकदेखि २७६ बुँदा नै काम नलाग्ने भनेर भएको टिप्पणीलाई ‘फूलको आँखामा फूलै संसार र काँडाको आखाँमा काँडै संसार’ भन्ने गीतसँग तुलना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । आइतबार(आज) नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा काँग्रेस नेता डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको नीति..

संसदमा देउवाको सम्बोधन, ‘एमसीसीलाई सदनबाट पारित गर्न सरकार उदासिन देखियो’

४ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई यो सदनबाट पारित गर्नेबारे सरकारले उदासिनता देखिएको आरोप लगाउनुएको छ । नेपाल सरकार प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागी हुँदै देउवाले अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको आरोप लगाउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी..

कहाँ अल्झियो नेकपाको एकता प्रकृया, दुई बर्ष वित्दा पनि किन पाएन पुर्णता ?

३ जेष्ठ, काठमाण्डौँ । धैरैलाई ‘सरप्राइज’ दिँदै तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले १७ असोज ०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने घोषणा गरे । सोही गठबन्धनका कारण ०७४ मा भएको आम निर्वाचनमा एमाले माओवादी गठबन्धले प्रस्ट बहुमत ल्यायो । त्यसपछि केपी शर्मा ओली ३ फागुन ०७४ मा मुलुकको कार्यकारी अर्थात प्रधानमन्त्री बने । ओली प्रधानमन्त्री बनेको ठीक तीन महिनापछि अर्थात ३ जेठ ०७५ मा..

मदन–आश्रित स्मृति दिवसः मुलुकको मुहार बदल्ने सङ्कल्प

३ जेष्ठ, झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाउनुभएको छ । २७ औँ मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा आज वक्तव्य जारी गरी उहाँहरुले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाहरुको विश्लेषण गर्दै वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’..

कोरोनामुक्त देश बनाउने सरकारको पहिलो प्राथमिकता, केन्द्रमा र सातै प्रदेशमा सरुवा रोग अस्पताल बनाईने

२ जेष्ठ, काठमाण्डौँ । सरकारले कोरोनाभाइरसका कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताउनुभएको हो । अधिकांश मुलु्कको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने देखिएको सन्दर्भमा जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको छ । यस्तै आर्थिक..

लकडाउन थप्न सरकारलाई विज्ञहरुको सुझाव

२ जेष्ठ, काठमाण्डौँ । विज्ञहरुले सरकारलाई लकडाउन थप्न सुझाव दिएका छन् । आज (शुक्रबार) बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जनस्वास्थ्य विज्ञहरुले लकडाउन नै कोरोनाविरुद्ध लड्ने मुख्य हतियार भएकोले यसलाई थप्नुपर्ने सुझाव दिएको जनाईएको छ । यसअघि बसेको समितिको अनौपचारिक बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ । जापान र हङकङको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको समितिका प्रवक्ता..

आज नीति तथा कार्यक्रम, संघीय संसद परिसरमा प्रवेश गर्ने सवैलाई ‘मास्क’ अनिवार्य

२ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैहुनुहुन्छ । राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे संयुक्त सदनमा मन्त्रालयहरुले तयार गरेको खाकाको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो । नीति तथा कार्यक्रममा कोरोना प्रभावित क्षेत्रलाई उत्थान गर्ने कार्यक्रम समावेश रहेको बताईन्छ । कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमै ठूलो धक्का लागेको बेला वैदेशिक रोजगारीबाट..

नेकपाको सचिवालय बैठक सम्पन्न, सरकारको नीति तथा कार्यक्रम माथी सुझाव

२ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले आज अपरान्ह ४ बजे संसदको संयुक्त बैठकमा पेस गर्ने सरकारको नीति तथा कार्यक्रममा राख्नु पर्ने केही सुझाव भए दिन सचिवालय सदस्यसँग आग्रह गरेको र सदस्यहरुले आ–आफ्नो सुझाव दिएको बुझिएको छ । बैठकपछि संञचरकर्मीरूसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी..

शनिबारदेखि लागू हुनेगरी सवारीसाधन सञ्चालनका सबै पास रद्ध, उपत्यकाको लकडाउनमा कडाई

१ जेष्ठ, काठमाण्डौँ । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । आज बिहीबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले गृहखबरलाई जानकारी दिएको छ । कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ..