कालापानी-लिपुलेकको विषयमा कुटनीतिक पहल भन्दा पनि कानूनी उपचार खोज्न बाबुराम भट्टराईको आग्रह

२९ वैशाख, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कालापानी र लिपुलेकको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर कुटनीतिक पहल लिन आग्रह गर्नुभएको छ । हिजो साँझ ट्वीट गर्दै नेता भट्टराईले वक्तव्यवाजीको सट्टा गम्भीर कुटनीतिक पहल र कानुनी उपचारको तयारीमा लाग्न आग्रह गर्नुभएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य रहेको समेत बताउनुभएको छ । उहाँले लेख्नुभएको छ,“लिपुलेकवारे..

पहिलेका शासकले गरेको पीडा भोग्नुपरिरहेको छः गृहमन्त्री थापा

२८ वैशाख, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले पूर्वशासकहरुले गरेको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्नुपरेको टिप्पणी गर्नुभएको छ । संसदीय समितिको आज बसेको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री बादलले यस्तो बताउनुभएको हो । ‘आज हाम्रो यो पुस्ताले पूर्वशासकहरुले गरेको गल्तिको पीडा भोग्दैछौं । हाम्रा पूर्वशासकहरुले राष्ट्रियतासम्बन्धी गरेको गम्भीर गल्ती भनेको नेपालका सीमाहरुमा भारतीय सेनालाई, भारतीय सुरक्षा चौकीहरु स्थापित गर्ने अनुमति दिनु नै ठूलो गम्भीर ऐतिहासिक भुल थियो’ उहाँले..

नेपाल–भारतको सिमा क्षेत्रमा काडेतार लगाउन अनेरास्ववियू र युवा संघको माग

२८ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले सीमानामा काँडेतार लगाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू र युवा संघका नेताहरूले सीमानामा काँडेतार लगाई सुरक्षाफौज राख्न माग गरेका हुन् । भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले संयुक्त रुपमा मन्त्री ज्ञवालीसमक्ष आज मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा युवा संघका..

नेपाली भूमि केवल वक्तव्यले मात्र फिर्ता हुँदैनः सभापति देउवा

२८ वैशाख, काठमाण्डौँ । प्रमुख पतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादको प्रश्न वक्तव्यको बिषय नभएर परिणाममुखी हुनुपर्ने बताउनुभएको छ । आज सभापति देउवाद्वारा जारी विज्ञप्तिमा नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गर्न भनिएको छ । साथै उहाँले राष्ट्रियताको प्रश्नमा काँग्रेसको सम्पूर्ण रुपमा सरकारको साथमा रहने बताउनुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग..

“भारतसँगको सीमा विवाद धेरै गम्भीर र पुरानो बिषय हो, सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै छ”– प्रचण्ड

२८ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताउनुभएको छ । विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरु थप जटिल बन्दै गएको अध्यक्ष दाहालको निष्कर्ष छ । सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा..

कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्छौः परराष्ट्रमन्त्री ज्ञवाली

२८ वैशाख, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नक्शा छिट्टै सार्वजनिक हुने बताउनुभएको छ । नक्शाको प्राविधिक कामहरु केही बाँकी रहेको भन्दै पूरा भएपछि सार्वजनिक हुने बताउनुभएको हो । नक्शा कस्तो हुन्छ भन्ने स्पष्ट नपारेपनि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्पूर्ण भूभाग समेटिएको हुने संकेत गर्नुभएको छ । ‘हामी नक्शा सार्वजनिक गर्नेछौं,’ मन्त्री ज्ञवालीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय महत्वको विषयमा बोल्नुहुँदै, ‘एक इन्च भु–भाग यताउता नपर्ने गरी नक्शा सार्वजनिक हुन्छ ।’..

संसद बैठक सम्पन्न, अर्को बैठक भोली विहान ११ बजे बस्ने

२८ वैशाख, काठमाण्डौँ । आजको संसद बैठक सम्पन्न भएको छ । आजबाट संसदको प्रि–बजेट अधिवेशनमा सांसदहरुले आफ्ना कुरा राखेका थिए । अर्को बैठक वैशाख २८ गते भोली विहान ११ बजे देखी सुरु हुने छ । प्रत्यक्ष प्रसारण हेर्नुहोस्ः https://www.youtube.com/watch?v=ZH4urPRfUGQ

लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बारे कांग्रेसले माग्यो सरकारको धारणा

२७ वैशाख, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेकोमा सरकारको धारणा मागेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक नेपालको भूमि हो भन्नेमा आफूहरू प्रष्ट रहेको उल्लेख गर्दै लिपुलेक हुँदै भारतले मानसरोबर जोड्ने सडक उद्घाटन गरेकोबारे सरकारको धारणा मागेका हुन् । ‘लिपुलेक नेपालको भूमि हो, हामी प्रष्ट छौं,’ ट्वीट गर्दै शर्माले भन्नुभएको छः ‘चीनको मानसरोबर जोड्न भारतले लिपुलेक हुँदै..

नेपाली भूमि अतिक्रमणविरूद्ध सरकारले तुरून्त कदम चालोस्ः नारायणकाजी श्रेष्ठ

२७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकामा आपत्ति प्रकट गर्दै सो माग गरेका गर्नुभएको हो । भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली..

ब्याक अफ ईण्डियाको नारा लगाउदैँ अनेरास्ववियू भारतीय दूतावास अगाडि

२७ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय दूतावास अगाडि लैनचौरमा प्रदर्शन गरेका छन् । नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा आज उनीहरूले शान्तपूर्वक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, उत्तर खड्का, प्रेम प्रधान, न्युसन लामिछाने, विनोद खुवाललगायत २०..