राजनीति
नेकपा स्थाई कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने
३० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक भोलि विहान बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार(भोली) बिहान ११ बजे बैठक बस्ने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको छलफलपछि स्थायी समितिको बैठक बोलाइएको हो । यसअघि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएको भएपनि पार्टीभित्र चर्काे दवाव बढेपछि ओली बैठक बोलाउन सहमत भएको बताइएको..
लिपुलेकबारे भारतिय राजदुतलाई परराष्ट्र मन्त्रालयमै बोलाएर सरकारले दियो ‘कूटनीतिक नोट’
२९ वैशाख, काठमाण्डौँ । नेपाल सरकारले लिपुलेकबारे भारतलाई ‘कूटनीतिक नोट’ हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज भारतीय राजदूत विनय महोन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयको ट्विटमार्फत जनाइएको छ । आज परराष्ट्र मन्त्रालयमा भारतीय राजदूत क्वात्रासँग बैठक भएकोसमेत जनाइएको छ । यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको थियो । उक्त सडक उद्घाटन भएपछि नेपालमा व्यापक विरोध भएको थियो । परराष्ट्र मन्त्रालयले..
भारतीय राजदूतलाई बोलाएर लिपुलेक सडकबारे डिमार्स दिने परराष्ट्रको तयारी
२९ वैशाख, काठमाण्डौँ । परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो । कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्काे देशसँग राख्ने औपचारिक धारणारजानकारी बुझिन्छ । हिजो नेपालमा विदा परेको र आज भारतमा विदा हुने भएकाले राजदूत क्वात्रालाई आज मन्त्रालयमा बोलाइएको स्रोतले..
नेपाल–भारतको सिमा क्षेत्रमा काडेतार लगाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह
२९ वैशाख, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको बताउनुभएको छ । उहाँले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सचेत गराउँदै माफी माग्न समेत सुझाव दिनुभएको छ । आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भन्नुभयो, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले..
भारतिय सीमा क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन राज्य व्यवस्था समितिको निर्देशन
२९ वैशाख, काठमाण्डौँ । भारतसँगको सीमा क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा धेरै नेपाली मुलुक आउन नपाउँदा सास्ती भोगेको भन्दै समितिले यथाशिघ्र उनीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएको हो । यस्तै, समितिले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेहरूलाई समेत स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । त्यस्ता व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर स्वदेश ल्याउनुपर्ने उनीहरूको भनाइ छ । अहिले धेरै नेपालीहरू..
कालापानी-लिपुलेकको विषयमा कुटनीतिक पहल भन्दा पनि कानूनी उपचार खोज्न बाबुराम भट्टराईको आग्रह
२९ वैशाख, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कालापानी र लिपुलेकको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर कुटनीतिक पहल लिन आग्रह गर्नुभएको छ । हिजो साँझ ट्वीट गर्दै नेता भट्टराईले वक्तव्यवाजीको सट्टा गम्भीर कुटनीतिक पहल र कानुनी उपचारको तयारीमा लाग्न आग्रह गर्नुभएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य रहेको समेत बताउनुभएको छ । उहाँले लेख्नुभएको छ,“लिपुलेकवारे..
पहिलेका शासकले गरेको पीडा भोग्नुपरिरहेको छः गृहमन्त्री थापा
२८ वैशाख, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले पूर्वशासकहरुले गरेको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्नुपरेको टिप्पणी गर्नुभएको छ । संसदीय समितिको आज बसेको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री बादलले यस्तो बताउनुभएको हो । ‘आज हाम्रो यो पुस्ताले पूर्वशासकहरुले गरेको गल्तिको पीडा भोग्दैछौं । हाम्रा पूर्वशासकहरुले राष्ट्रियतासम्बन्धी गरेको गम्भीर गल्ती भनेको नेपालका सीमाहरुमा भारतीय सेनालाई, भारतीय सुरक्षा चौकीहरु स्थापित गर्ने अनुमति दिनु नै ठूलो गम्भीर ऐतिहासिक भुल थियो’ उहाँले..
नेपाल–भारतको सिमा क्षेत्रमा काडेतार लगाउन अनेरास्ववियू र युवा संघको माग
२८ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले सीमानामा काँडेतार लगाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू र युवा संघका नेताहरूले सीमानामा काँडेतार लगाई सुरक्षाफौज राख्न माग गरेका हुन् । भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले संयुक्त रुपमा मन्त्री ज्ञवालीसमक्ष आज मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा युवा संघका..
नेपाली भूमि केवल वक्तव्यले मात्र फिर्ता हुँदैनः सभापति देउवा
२८ वैशाख, काठमाण्डौँ । प्रमुख पतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादको प्रश्न वक्तव्यको बिषय नभएर परिणाममुखी हुनुपर्ने बताउनुभएको छ । आज सभापति देउवाद्वारा जारी विज्ञप्तिमा नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गर्न भनिएको छ । साथै उहाँले राष्ट्रियताको प्रश्नमा काँग्रेसको सम्पूर्ण रुपमा सरकारको साथमा रहने बताउनुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग..
“भारतसँगको सीमा विवाद धेरै गम्भीर र पुरानो बिषय हो, सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै छ”– प्रचण्ड
२८ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताउनुभएको छ । विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरु थप जटिल बन्दै गएको अध्यक्ष दाहालको निष्कर्ष छ । सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७