राजनीति
नेपालमा चिनको सक्रियता बढ्योः चिनियाँ राजदूत यान्छी प्रचण्डसंगको भेटलगत्तै माधव नेपालसंग
१९ वैशाख, काठमाण्डौँ । जब जब नेपालमा सत्ता ढाल्ने र बनाउने खेल हुन्थ्यो तब भारतीय राजदूत र उच्च अधिकारीहरुको सक्रियता बढ्ने गर्दथ्यो । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा भारतीय भूमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएकै हो । २०४६ सालको जनआन्दोलनताका भारतका नेता चन्द्रशेखरलगायत गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पुगेको इतिहास साक्षी छ । २०६२÷६३ को जनआन्दोलनताका भारतीय नेताहरु डा. करण सिंह र सीताराम यचुरीलगायतको छुट्टाछुट्टै ओहोरदोहोर भएकै हो । १२ बुँदे समझदारी दिल्लीमा..
सांसद सुरेन्द्र यादवद्वारा मानवअधिकार आयोगमा उजुरी
१८ वैशाख, काठमाडौँ । समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा आज उजुरी दिएका छन् । आयोगमा उनको उजुरीको दर्ता नम्बर १७८० हो । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले..
नेकपा सचिवालयको बैठक निष्कर्षबिहीन, अर्को बैठक आउदो २० गते बस्ने
१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो । बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए ।..
नेकपाको राजनीतिमा नयाँ मोडः ओलीको पक्षमा पुर्वसभामुख महरा
१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक शक्ति संघर्ष चरम अवस्थामा पुगेको वेला फेरी नयाँ मोड देखा परेका छ । पार्टी भित्रैबाट प्रधानमन्त्री केपि शर्मा ओलीलाई दुवै पदबाट विमुख गराउन मोर्चाबन्दी भईरहेको बेला प्रचण्डका विश्वास–पात्र मानिने पूर्वसभामुख कृष्णबहादुर महराले समेत ओलीलाई साथ दिने संकेत गरेका छन् । बालुवाटार स्रोतका अनुसार महरा ओलीको पक्षमा उभिएका छन् । महराले त्यसको छनक सचिवालय बैठक बस्नुपुर्व नै एक विज्ञप्ती निकालेर पार्टीलाई एकताबद्ध..
ओलीको राजनिक चालः प्रचण्ड निकटका सांसदलाई फकाउदैँ
१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिसभामा १७४ सांसद संख्या छ । संसदीय दलमा कुनै एक नेता विशेषको स्पष्ट बहुमत छैन । सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद रहेका छन् । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बढी संख्या छ । सांसद र स्थायी कमिटि सदस्य संख्याका हिसाबले माधवकुमार नेपाल तेस्रो नम्बरमा छन् । बामदेव गौतम चौंथो नम्बरमा छन् । त्यसपछि मात्र झलनाथ खनाल पक्षधर छन् ।..
आफु निकट सांसदहरुलाई ओलीको निर्देशनः जस्तोसुकै परिस्थिति सामनाका लागि तयार रहनू
१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना लागि तयार रहन आफूनिकट सांसदहरूलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका आफूनिकटका दुई दर्जन बढी सांसदसँग प्रधानमन्त्री ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउने षड्यन्त्रसमेत भइरहेको बताएका थिए । ‘साथीहरू वार कि पारको अवस्थामा लाग्नुभएको छ । मलाई बर्खास्त गर्ने तयारीमा हुनुहुन्छ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘साथीहरू तोडफोड विध्वंस जे पनि गर्ने..
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको छलफल सम्पन्न, ठोस सहमति हुन सकेन
१६ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्ने उद्देश्यले भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा लामो भेटवार्तामा ठोस सहमति केही पनि नभएको नेकपानिकट उच्च स्रोतले जनाएको छ । पछिल्लो विवाद समाधानको लागि अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताले..
जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यलयमा अनेरास्ववियू, युवासंघ र जसपा
१६ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेकपाका युवा विद्यार्थी नेताहरु नवगठित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेका छन् । यसअघि उनीहरु डा. भट्टराई लगायतका नेताविरुद्ध काठमाडौं प्रहरीसमक्ष जाहेरी दर्ता गर्न गएका थिए । डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्र हत्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका..
ओली र प्रचण्डबीच वालुवाटारमा छलफल सुरु
१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री एंवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । पार्टीभित्र देखिएको गतिरोधबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने स्रोतले बताएको छ । केही दिन अघिमात्र २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए । प्रचण्डसहित सचिवायलयका सदस्यहरूसँग..
ओली सरकार जोगाउन चिनको बलियो समर्थन
१६ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्ति संघर्ष चरम उत्कर्षमा पुगेको बेला चिनिया राष्ट्रपति सी जिनपिङले ओली सरकारलाई जोगाउन चिनको बलियो समर्थन रहेको विश्वास व्यक्त गरेको उच्च स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो । कुराकानीमा चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति भण्डारीले ओली सरकारमाथि देखिएको चुनौतीबारे छलफल गर्नुभएको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले ओली सरकार जोगाउन चीनको साथ र सहयोगको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७