सांसद श्रेष्ठद्धारा सरकारको नीति तथा कार्यक्रको प्रशंसा

सांसद श्रेष्ठद्धारा सरकारको नीति तथा कार्यक्रको प्रशंसा

४ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहनुभएका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मुलुक र मुलुकवासीको आवश्यकता पूरा गर्न र राजनीतिकरुपले आर्थिक सामाजिक रुपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम आएको भनी स्वागत गर्दै समर्थन जनाउनुभएको छ ।

राष्ट्रियसभामा आव २०७७७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै उहाँले देश र विश्वकै विशिष्ट परिस्थितिलाई ध्यान दिएर गर्नुपर्ने मुख्य काम नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नेता श्रेष्ठले भन्नुभयो, “नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितलाई केन्द्रविन्दुमा राखेर नेपाल सरकार अघि बढ्ने प्रतिबद्धतालाई जोडदाररुपमा समेटिएको छ ।” केही समयदेखि महाकाली क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएकामा उक्त भूमि फिर्ता र प्राप्त गर्न ठोस पहलकदमी गर्ने र नेपालको नक्सामा छुट हुन गएका भूभागलाई सामेल गरेर नेपालको नक्सा प्रकाशित गर्ने ऐतिहासिक निर्णय नीति तथा कार्यक्रममा उद्घोष गरेको जनाउँदै उहाँले ‘सरकारको ऐतिहासिक कदमप्रति धन्यवाद ज्ञापन गर्नुपर्छ’ भन्नुभयो ।
विपद व्यवस्थान, विदेशमा रहेका नेपालीहरुको समस्या समाधानको विषयमा पनि नीति तथा कार्यक्रममा ठोस कुराहरु उल्लेख नभएको भन्दै उहाँले बजेट मार्फत सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ‘कोभिड—१९ नियन्त्रण, निराकण र उपचार प्राथमिकताको वर्ष हो भनेर अगाडी बढ्नुपर्छ । विपद व्यवस्थापनका कुराहरुलाई संगै लगेर अगाडी जानुपर्ने कुराहरु आएका छैनन् शायद छुटेको हुनुपर्छ । विदेशमा रहेका नेपालीहरुको विषयमा केही समस्याहरु देखा परेका छन् । कतिपय मुलुकमा असुरक्षाको अनुभूति भएको कुराहरु आएका छन् । सरकारले यस्तो अवस्था आएमा नेपालीहरुको यो समस्याको समाधन गर्न देशभित्र ल्याउन पनि छलफल केन्द्रीत गर्ने छ । भन्ने विश्वास लिन चाहान्छु ।’

अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउने र मान्छेलाई बचाउने कुरामा सकारको ध्यान कम गएको उहाँले बताउनुभयो । यसका लागि विशेष राहत प्याकेजको आवश्यकता रहेकाले बजेट मार्फत आउनेमा आफु विश्वस्त रहेको उनले बताए । उनले भने, ‘जो भोकै छन् तीनलाई बचाउन । ध्वस्त भएको पर्यटन बनाउनका लागि निश्चित रुपमा राहत प्याकेज लिएर जानुपर्छ ।’ किसानहरुको रक्षा, सबै खाली जमिनहरुको प्रयोग गर्ने नीति, समयमै, मल खाद्यको व्यवस्थापन, सिञ्चाईको व्यवस्था, सित भण्डार, सहकारीलाई प्रोत्साहित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

श्रेष्ठले आजको सन्दर्भलाई ध्यान दिँदै आवश्यक पूर्ति गर्ने गरी नीति तथा कार्यक्रम आएको पनि बताउनुभएको छ । अहिलेको परिस्थिति र आधारभूत आवश्यकता कुराहरुलाई ध्यान दिँदै नीति तथा कार्यक्रम आएको उहाँले बताउनुभयो । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता स्वाभिमान र हितलाई केन्द्रमा राखेर अगाडी बढ्ने प्रतिवद्धता जोडदार रुपमा प्रस्तुत गरिएको उहाँले बताउनुभयो । लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत नेपालको अतिक्रमित भूमिलाई प्राप्त गर्न ठोस पहल कदम सरकारले लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर