सवै दलका नेताहरुको एक मतः सिमा विवाद अल्झाइरहनु दुवै देशका लागि हितकर हुँदैन

१३ जेष्ठ, काठमाण्डौँ । नेपाल र भारतबीचको सम्बन्ध सीमा विवादका कारण यतिबेला चिसिएको छ । गत नोभेम्बर २ मा भारतले नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि चर्किएको विवाद हालै उक्त भूभाग हुँदै निर्माण भएको सडक उद्घाटन भएपछि थप उत्कर्षमा पुगेको हो । नेपालले सन् २०१७ मा भारत र चीनबीच उक्त भूभाग हुँदै आपसमा जोडिने व्यापारिक मार्ग निर्माणमा सहमति भएलगत्तै आपत्ति जनाएको थियो । नेपालले भारत र..

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन, हेर्नुहोस सम्बोधनको पूर्णपाठ

१२ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएको छ । सोमबार(आज) अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताउनुभएको हो । ‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उहाँले भन्नुभयो, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ । निश्चिन्त रहन म आग्रह गर्छु ।’ भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उहाँले बताउनुभयो..

संघीय संसद र राष्ट्रियसभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक गर्ने

११ जेष्ठ, झापा । राष्ट्रिय सभाले राष्ट्रिय सभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ । आज विहान सिंहदरबारमा बसेको कार्य व्यवस्थाले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले गरेका निर्णयहरु यस्ता छन्- १. मिति..

नेकपा सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

१० जेष्ठ, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि तय भएको छ । महासचिव विष्णु पौडेलले आज मध्यान्न ३ बजे बैठक बस्ने जानकारी दिनुभएको हो । जेष्ठ १५ गते सरकारले ल्याउने बजेटको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाईएको महासचिव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

नेकपा अध्यक्ष प्रचण्डलाई सरकारका तर्फबाट नेपाल नयाँ नक्सा

१० जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज अध्यक्ष दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा हस्तान्तरण गर्नुभयो । मन्त्री अर्यालले दाहाल निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार..

मोदीसँग वार्ता गर्न प्रधानमन्त्री ओली मध्य विन्दु खोज्दै

१० जेष्ठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति संसदमा बोल्ने क्रममा कडा रुपमा प्रस्तुत भएलगत्तै वार्ताका लागि पहल शुरु भएको छ । उहाँले शुरुमा भारतलाई चेतावनी दिएपनि पछिल्लो समय नरम बन्दै द्विपक्षीय वार्ताका लागि कुटनीतिक पहलको निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कुटनीतिक माध्यमले द्विपक्षीय कुराकानीको पहल भइरहेको छ । सिमा विवादका बारेमा दुई देशबीच सम्बन्ध चिसिइरहँदा वार्ताको पहल भइरहेको बुझिएको छ । नेपालले सिमा विवादपछि भारतसँग..

दुई छिमेकी मुलुक संग नेपालको सम्वन्धः सिमा विवादबारे भारत संग वार्ता कहिले होला ?

८ जेष्ठ, काठमाण्डौँ । ‘सरकार जानै लागेको थियो फलानो देशको राजदुतले अड्याइदियो भन्ने सुनेको छु,’ प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा बोल्दा यसो भन्नुभयो । उहाँले यस्तो बचनहरुलाई निम्सराको संङ्घा दिनुभयो । उहाँले थप्नुभयो, ‘यो सरकार जनताले बनाएको हो ।’ नेपाल कम्युनिस्ट पार्टी भित्र सरकार ढाल्ने खेलहरु भइरहँदा १८ र १९ जेठमा चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक दौडले ओली सरकार जोगाउन सक्रियता देखाएको चर्चा चलेको थियो । पहिलोपटक चिनियाँ राजदुतको..

अखिल इलामको गतिविधी एकलौटी भएको भन्दै सह–संयोजक पोख्रेलको आपत्ती

७ जेष्ठ, इलाम । अनेरास्ववियू इलामका केही नेताहरु मिलेर एकलौटी ढंगले संगठनको गतिविधी संञ्चालन गरेको भन्दै अनेरास्ववियू इलामका सह–संयोजक विपिन पोख्रेलले आपत्ती जनाउनुभएको छ । जिल्ला संयोजक र केन्द्रिय सदस्य आपसमा मिलेर आफूलाई कुनै जानकारी नै नगरी संगठनको गतिविधी एकलौटी ढंगले गरेको भन्दै सह–संयोजक पोख्रेलले सामाजिक संञ्जाल मार्फल आपत्ती जनाउनुभएको हो । अनेरास्ववियू इलामका संयोजक प्रवेश पराजुली, अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदी लगायत केही विद्यार्थी नेताहरुको उपस्थितीमा अनेरास्ववियू इलामको नाममा..

नरेन्द्र मोदीलाई अनेरास्ववियू इलामको रगतले लेखेको–पत्र

७ जेष्ठ, इलाम । अनेरास्ववियू इलामले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखेको ज्ञापन–पत्र इमेल मार्फत पठाएको छ । अनरोस्ववियू इलाममा आवद्ध विद्यार्थीको आफ्नै रगतले लेखिएको ज्ञापन–पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतिय राजदुतावास लगायत कुटनितीक नियगमा इमेल मार्फत पठाईएको हो । संगठनमा आवद्ध विद्यार्थीको रगतले लेखिएको पत्रमा लिपुलेक, लिम्पियाधुरा, सुस्ता, महेशपुर, सन्दकपुर, पशुपतिनगर लगायतका भूभागमा भारतले अतिक्रमण गरेकोमा आपत्ति जनाईएको छ । अतिक्रमित नेपालको भूभाग फिर्ता गर्न दवाव स्वरुप रगतले लेखिएको..

राष्ट्रियसभाबाट दुई विधेयक पारित

७ जेष्ठ, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकले दुईवटा विधेयक पारित गरेको छ । त्यस्तै एक प्रस्तावलाई स्विकृती प्रदान गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्नुभएको “नेपाल बिशेष सेवा विधेयक, २०७६ ” लाई बहुमतले पारित गरेको छ । यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट..