राजनीति
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
६ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल,..
नेपालको मिचिएको भूमि फिर्ता ल्याएरै छाडिन्छः प्रधामन्त्री ओली
६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको अतिक्रमित भूमि फिर्ताको बिषय त्यतिकै सेलाएर नजाने बताउनुभएको हो । उहाँले संयुक्त बैठकलाई सम्वोधन गर्नुहुँदै भन्नुभयोः, ‘वि.स.२०१८ सालसम्म हामीले त्यहाँ जनगणना गरिरहेका थियौँ । हामी संग त्यको पर्याप्त प्रमाण छ । त्यसको केही समय पछि भारतले कालापानीम प्रहरी..
भिम रावललाई लेखराज भट्टको कटाक्षः ‘कुण्ठा पोखेर राष्ट्रवादी भइदैन’
६ जेष्ठ, काठमाण्डौँ । उद्योग तथा आपुर्तिमन्त्री लेखराज भट्टले एमसीसी र इन्डोपेसिफीकलाई जोड्नु बुझाइमा कामजोरी भएको टिप्पणी गर्नुभएको छ । उहाँले एमसीसी प्रस्ताव आफुलाई ठिक लागेको र राम्रोसँग नबुझेकाले मात्रै त्यसको विरोध गर्ने गरेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा एमसीसीको बारेमा उल्लेख नभएको समेत दावी गर्नुभएको छ । बाटो बनाउने, विद्युत सेवा विस्तार गर्ने योजनामा एमसीसीको गन्ध आयो भन्नु भ्रमण मात्रै..
मन्त्रिपरिषद् बैठकद्वारा लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित
५ जेष्ठ, काठमाण्डौँ । आज बसेको मन्त्रिपरिषदको बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्शा पारित गरेको स्रोतले जनाएको छ । गत जेष्ठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको बताउँदै ती भूमि फिर्ता गर्ने बताउनुभएको थियो । स्रोतका अनुसार भूमि व्यवस्था मन्त्रालयले..
देशको विरुद्धमा आगो ओकल्ने दुई सांसद !
-नवराज शंकर ५ जेष्ठ, इलाम । तत्कालिन समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरि हाल जनता समाजवादीकी सांसद । यिनी भारत (बिहार) कि छोरी र नेपालकी बुहारी हुन् । सधैं नेपालको भन्दा बढी भारतीय पक्षधरता देखिनेगरी अभिव्यक्ति दिने र व्यवहार देखाउने सांसद गिरिले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको सवालमा संसद सदनमा बोलेको कुराबाट यिनले नेपाललाई हेर्ने दृष्टिकोण प्रष्ट भएको अवस्था छ । नेपाल सरकारको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा..
नीति तथा कार्यक्रममा एमसीसी घुसाएको भन्दै खनाल र रावलद्धारा प्रधानमन्त्रीलाई पत्र
५ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कार्पाेरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न बनाएको कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाएका छन् । खनाल र रावलले ओलीलाई लेखेको पत्रमा एमसीसी सम्झौताका आयोजना जस्केलाबाट अघि बढाउन खोजेको हो वा के हो ? भन्दै जवाफ माग गरेका छन् । यसअघि खनाल नेतृत्वको कार्यदलले एमसीसी सम्झौता संशोधन र परिमार्जन..
लकडाउन जेष्ठ २० सम्म लम्ब्याउने सरकारको निर्णय
४ जेष्ठ, काठमाण्डौँ । आजको मन्त्रीपरिषद्को बैठकले लकडाउन जेष्ठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज साझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको स्रोतले जनाएको छ । यसअघि आजै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सांसद श्रेष्ठद्धारा सरकारको नीति तथा कार्यक्रको प्रशंसा
४ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहनुभएका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मुलुक र मुलुकवासीको आवश्यकता पूरा गर्न र राजनीतिकरुपले आर्थिक सामाजिक रुपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम आएको भनी स्वागत गर्दै समर्थन जनाउनुभएको छ । राष्ट्रियसभामा आव २०७७७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै उहाँले देश र विश्वकै विशिष्ट परिस्थितिलाई ध्यान दिएर..
कांग्रेसलाई सुवास नेम्वाङको जवाफः ‘फूलको आँखामा फूलै संसार र काँडाको आखाँमा काँडै संसार’
४ जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रमको एकदेखि २७६ बुँदा नै काम नलाग्ने भनेर भएको टिप्पणीलाई ‘फूलको आँखामा फूलै संसार र काँडाको आखाँमा काँडै संसार’ भन्ने गीतसँग तुलना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । आइतबार(आज) नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा काँग्रेस नेता डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको नीति..
संसदमा देउवाको सम्बोधन, ‘एमसीसीलाई सदनबाट पारित गर्न सरकार उदासिन देखियो’
४ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई यो सदनबाट पारित गर्नेबारे सरकारले उदासिनता देखिएको आरोप लगाउनुएको छ । नेपाल सरकार प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागी हुँदै देउवाले अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको आरोप लगाउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७