राजनीति
 
                                    कांग्रेसले शनिबारका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक
१५ जेष्ठ, काठमाण्डौँ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उहाँले भन्नुभएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद..
 
                                    जन–अपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु राष्ट्रिय आवश्यकताः प्रचण्ड
१५ जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि..
 
                                    गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देशः इतिहासको गतिलाई पछाडि फर्काउन कसैले सक्दैन (पूर्णपाठ)
१५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएउनुभएको छ । १२ औं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने प्रणाली विकासका क्रममा सानातिना कमीहरु देखा पर्नुलाई स्वभाविक भन्नुभएको छ । गणतन्त्र घोषणापछि अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेको भन्दै उहाँले गणतन्त्र..
 
                                    गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त, दुई सय ३३ कैदीको सजाय मिनाहा
१५ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम..
 
                                    संविधान संशोधनमा विलम्बः समय माग्ने सरकार कि कांग्रेस ?
१४ जेष्ठ, झापा । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटे सँगै संविधान संशोधनमा केही विलम्ब हुने भएको छ । गत शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । त्यसपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संसद बैठकमा पेस गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो । बुधबारको बैठकका सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानुन,..
 
                                    सवै दलका नेताहरुको एक मतः सिमा विवाद अल्झाइरहनु दुवै देशका लागि हितकर हुँदैन
१३ जेष्ठ, काठमाण्डौँ । नेपाल र भारतबीचको सम्बन्ध सीमा विवादका कारण यतिबेला चिसिएको छ । गत नोभेम्बर २ मा भारतले नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि चर्किएको विवाद हालै उक्त भूभाग हुँदै निर्माण भएको सडक उद्घाटन भएपछि थप उत्कर्षमा पुगेको हो । नेपालले सन् २०१७ मा भारत र चीनबीच उक्त भूभाग हुँदै आपसमा जोडिने व्यापारिक मार्ग निर्माणमा सहमति भएलगत्तै आपत्ति जनाएको थियो । नेपालले भारत र..
 
                                    प्रधानमन्त्री ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन, हेर्नुहोस सम्बोधनको पूर्णपाठ
१२ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएको छ । सोमबार(आज) अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताउनुभएको हो । ‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उहाँले भन्नुभयो, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ । निश्चिन्त रहन म आग्रह गर्छु ।’ भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उहाँले बताउनुभयो..
 
                                    संघीय संसद र राष्ट्रियसभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक गर्ने
११ जेष्ठ, झापा । राष्ट्रिय सभाले राष्ट्रिय सभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ । आज विहान सिंहदरबारमा बसेको कार्य व्यवस्थाले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले गरेका निर्णयहरु यस्ता छन्- १. मिति..
 
                                    नेकपा सचिवालय बैठक दिउँसो ३ बजे बस्दै
१० जेष्ठ, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि तय भएको छ । महासचिव विष्णु पौडेलले आज मध्यान्न ३ बजे बैठक बस्ने जानकारी दिनुभएको हो । जेष्ठ १५ गते सरकारले ल्याउने बजेटको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाईएको महासचिव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
 
                                    नेकपा अध्यक्ष प्रचण्डलाई सरकारका तर्फबाट नेपाल नयाँ नक्सा
१० जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज अध्यक्ष दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा हस्तान्तरण गर्नुभयो । मन्त्री अर्यालले दाहाल निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार..



 सूचना विभाग दर्ता नंः १८२३/०७६-७७
सूचना विभाग दर्ता नंः १८२३/०७६-७७