२१ जेष्ठ, झापा । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुभकामना सन्देश जारी गर्नुभएको छ ।
उहाँले सन्देशमार्फत छुवाछुतसम्बन्धी जघन्य घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने पनि विश्वास दिलाउनुभएको छ । छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने पनि उहाँको शुभकामनामा उल्लेख गरिएको छ ।
उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ–‘मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मावन अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउनेछ । छुवाछ ुतसम्बन्धी जघन्य घट्नाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउने छ । त्यस्ता अपराधीहरुलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्द ैन् ।’
प्रधानमन्त्रीको शुभकामना सन्देशः