राजनीति

नेकपामा नयाँ समिकरणको पहलः ओली–नेपालबीच भेटवार्ता
५ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) भित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो एक्ला एक्लै कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको स्रोतले बताएको छ । ओलीले नेपाललाई मिलेर जान प्रस्ताव गर्नुभएको छ । उहाँले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिनुभएको बुझिएको छ । स्रातेका अनुसार आफू सधै सहमति र सहकार्यको पक्षमा रहेको..

कांग्रेसका सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी नेता सिटौला
४ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ । पाथीभराको दर्शन गरेर फर्कने क्रममा ताप्लेजुङका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गर्नुभयो । दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र सङ्क्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उहाँले औँल्याउनुभयो । अर्को प्रसङ्गमा उहाँले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य..

जसपाको विधान संशोधन, केन्द्रीय समिति ८०१ सदस्य हुने
४ कार्तिक, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या सात सय एक रहेकोमा विधान संशोधन गरेर आठ सय एक सदस्सीय बनाइएको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताउनुभयो । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उहाँको भनाइ छ । विधान संशोधन पारित भएसँगै अब..

कोरोना संक्रमितको उपचार सरकारले गर्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल
४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवंम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गर्नुभको छ । आज विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गर्नुभएको छ । देश कोरोनाको महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो..

ओली–प्रचण्डबीच भेटवार्ताः कर्णाली प्रदेशको विवादमा हस्तक्षेप नगर्न प्रचण्डको सुझाव
४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद अझै मिल्न सकेको छैन । असोज २६ गते नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका सदस्य यमलाल कँडेल लगायतका १८ जना सदस्यहरुले मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको विवाद कसरी मिलाउने भन्नेमा नेताहरुबीच नै मतभेद देखिँदा विवाद लम्बिएको हो । यसबारे छलफल गर्न अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका पदाधिकारीहरुलाई काठमाडौँ..

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन
३ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो । ‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौ ।’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भन्नुभयो । सरकारले पछिल्लो..

आफुलाई सरकारमा नलगेको भन्दै ओली विरुद्ध वामदेव
३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वन्धमा फाटो सुरु भएको छ । आफूलाई पटक पटक ओलीबाट धोका भएको भन्दै उपाध्यक्ष गौतमले नयाँ योजनासाथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न आग्रह गर्नुभएको स्रोतको भनाई छ । स्रोतका अनुसार गौतमले आफूले पटक पटक साथ दिंदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थाल्नुभएको हो । गौतमले यसअघि बनेको ओलीविरुद्धको..

महामारीमा नेकपाको केन्द्रीय कमिटी बैठक बस्ला त ?
२ कार्तिक, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्तिक १५ गते देखि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । गएको भाद्र २६ को स्थायी कमिटी बैठकले निर्धारण गरेको बैठकको यो मिति अहिलेसम्म परिवर्तन नभएकाले आगामी कार्तिक १५ देखि बैठक सुरु हुनेमा केन्द्रीय सदस्यहरु ढुक्क छन् । प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्म ओलीका प्रेस सल्लाहकार सूर्य थापा बैठकको मितिबारे अहिलेसम्म नयाँ निर्णय नभएको बताउनुहुन्छ । पार्टीभित्रको आन्तरिक..

सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप
२८ असोज, सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेताकार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको हो । ठुलो संख्यामा आएका कांग्रेसका नेता एवंम कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको पहरीले जनाएको छ । कांगे्रसका कार्यकर्ता आउनबित्तिकै ढुङ्गामुडा गर्न थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन..

इलामको माङसेबुङमा कांग्रेस र जसपा परित्याग गरि नेकपामा प्रवेश
२३ असोज, इलाम । इलामकाे माङसेबुङ गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेसका कार्यकर्ता पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन । उनिहरु विना सर्त स्वइच्छाले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेकाे नेकपा पार्टी स्राेतले जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँ कमिटि अध्यक्ष हेमन्त राईका अनुसार पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरूमा माङसेबुङ ५ का जनता समाजवादी पार्टी इलाम जिल्ला सदस्य तथा जसपा सम्बद्ध शिल्पि (दलित)..