राजनीति
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ । पुर्व निर्धारित समयमा दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्नुहुँदै छ । गएको कार्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गर्नुभएको थियो । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ आजको बैठकमा ओलीले पेस गर्नुहुँदैछ । प्रचण्डले पेस गर्नुभएको १९..
नेकपा सचिवालय बैठक आज बस्दैः प्रधानमन्त्रीको जवाफ तयार
१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पूर्वनिर्धारित सचिवालयको बैठक आज अपराह्न १ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कार्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी त्यसको जवाफ दिन लाग्नुभएको हो..
उद्योग वाणिज्य महासंघको मतदान शुरु, भावी नेतृत्वका लागि ढकाल र प्रधान मैदानमा
१३ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान शुरु भएको छ । मतदान अहिले विहानबाट शुरु भएको हो । महाधिवेशनको अन्तिम दिन आज भएकाले निर्वाचन प्रकृया सुरु भएको हो । मतदान टेकुस्थित महासंघको केन्द्रीय कार्यालय, कार्की बैंकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भईरहेको छ । टेकुमा वस्तुगत संघ समूह, बबरमहलमा एशोसिएट समूह र कमलादीमा उद्दोग वाणिज्य समूहले मतदान गर्ने गरी व्यवस्था मिलाइएको महासंघले जनाएकोे छ । भावी नेतृत्वको..
कांग्रेसका शीर्षहरु नेताहरुसंग भारतीय विदेश सचिवको भेटवार्ता
१२ मंसिर, काठमाण्डौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आज नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी हुनुहुन्थ्यो । विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुग्नुभएको थियो । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा मात्र सीमित भएको थियो । भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले..
प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव श्रृंगलाबीच भेटवार्ता
११ मंसिर, काठमाण्डौँ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बालुवाटारमा भएको भेटवार्तामा प्रधानामन्त्री ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अहिले सम्बन्धमा देखिएको चिसोपना हटाउँदै सबै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । विदेश सचिव श्रृंगलाले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको..
नेपाल–भारत परराष्ट्रसचिव स्तरीय बैठक सम्पन्न
११ मंसिर, काठमाण्डौँ । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डल स्तरीय बैठक सम्पन्न भएको छ । सो द्विपक्षीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गर्नुभएको हो । काठमाण्डौँमा आज भएको द्विपक्षीय बैठकमा नेपाल–भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार्टर्ड जहाजबाट आज बिहान नेपाल आइपुग्नुभएका श्रींगलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै पत्रकारहरूसँगको प्रतिक्रियामा नेपाल–भारत..
पार्टी एकतालाई बलियो बनाउन आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्छः मुख्यमन्त्री गुरुङ
१० मंसिर, स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको बताउनुभएको छ । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिदैँ उहाँले पार्टीको फुटले कसैलाई फाइदा नहुँने बताउनुभयो । नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरी अतिथि गैहे्रको निधनको नवौँ दिनको पूण्य तिथिमा स्याङ्जाको गल्याङ–९ गेझास्थित घरमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले पार्टीको एकतालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने..
वर्तमान सरकार कुनैपनि हालतमा परिवर्तन हुदैँनः मन्त्री श्रेष्ठ
९ मंसिर, विराटनगर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । विराटनगरमा आज संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पुरा नभएसम्म सरकार परिवर्तन नहुने बताउँनुभएको हो । मुलुकको राजनीतिक स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पुर्ण अवधिसम्म चल्ने उहाँले स्पष्ट पार्नुभयो । अर्काे..
प्रतिपक्षी दलसंग सत्ता साझेदारी गर्न देउवासँग छलफल भएको कुरो निराधार र झुटो होः विष्णु पौडेल
९ मंसिर, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्र कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पौडेलले जनताका पक्षमा निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी निर्णय गर्दै जाने बताउनुभएको हो । उहाँले ५ वर्षको अवधि नसकिदै घोषणा पत्र कार्यान्वयन गरेर पुनः जनता सामु जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपाका महासचिव समेत रहनुभएका पौडेलले पार्टीको समस्या..
भारत–चीनका उच्च अधिकारीहरुको नेपाल भ्रमणमा होड्बाजी !
८ मंसिर, काठमाण्डौँ । कोरोना महामारीका कारण केही महिना यता स्थगित भएको छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोरोना कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउजाउ गर्न सुरु गरेका छन् । विशेषतः पछिल्लो समयमा दक्षिणको छिमेकी मुलुक भारतबाट निरन्तर उच्च तहको भ्रमण भइरहेको छ । उत्तरको छिमेकी चीनबाट पनि आगामी साता रक्षामन्त्री आउने निश्चित प्रायः छ । कोरोना संक्रमण..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७