नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी


१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ । पुर्व निर्धारित समयमा दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्नुहुँदै छ । गएको कार्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गर्नुभएको थियो । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ आजको बैठकमा ओलीले पेस गर्नुहुँदैछ ।

प्रचण्डले पेस गर्नुभएको १९ पृष्ठको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफ दिने भन्दै दश दिनको समय माग्र्नुभएको थियो ।

नेकपाको स्थायी कमिटी बैठक आउदो मंसिर १८ गते र केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते बोलाईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर