कांग्रेसका शीर्षहरु नेताहरुसंग भारतीय विदेश सचिवको भेटवार्ता

कांग्रेसका शीर्षहरु नेताहरुसंग भारतीय विदेश सचिवको भेटवार्ता


१२ मंसिर, काठमाण्डौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आज नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी हुनुहुन्थ्यो ।

विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुग्नुभएको थियो । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा मात्र सीमित भएको थियो ।

भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो । यद्यपि सीमा विवादको विषयमा भने कुराकानी नभएको ती नेताले जानकारी जनाउनुभयो ।

सभापति देउवाले नेपाली कांग्रेस सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न चाहेको बताउँदै कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभएको थियो । दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने कुुरामा देउवाको जोड थियो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव श्रृंगला दुईदिवसीय भ्रमणका लागि बिहीबार बिहान नेपाल आउनुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर