९ मंसिर, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्र कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पौडेलले जनताका पक्षमा निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी निर्णय गर्दै जाने बताउनुभएको हो ।
उहाँले ५ वर्षको अवधि नसकिदै घोषणा पत्र कार्यान्वयन गरेर पुनः जनता सामु जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपाका महासचिव समेत रहनुभएका पौडेलले पार्टीको समस्या समाधान गर्दै पार्टी एकताको रक्षा गर्नमा नेतृत्व लागेको बताउनुभयो । उहाँले पार्टीभित्र विवाद हुँदा प्रतिपक्षी दलसंग सत्ता साझेदार गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भएको हल्ला निराधार र झुटो भएको बताउनुभयो ।