राजनीति
संसदको अधिवेशनको माग गर्दै नेकपाका सांसद रावल र भुसाल शीतलनिवासमा
१ पौष, काठमाण्डौँ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको हस्ताक्षर लिएर नेकपाका सांसदद्धय भिम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद रावल र भुसाल १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका थिए । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि..
प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै
१ पौष, काठमाण्डौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । वि.सं. २०१७ पौष १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोईरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी..
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी विरुद्ध सर्वाेच्चमा रिट दायर
१ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले आज अदालत खुले लगत्तै रिट पेश गर्नुभएको हो । तर, रिट दर्ता भने भइसकेको छैन । अधिवक्ता अर्यालका अनुसार रिट दर्ताको लागि सर्वाेच्च प्रशासनले अध्ययन गरिरहेको..
ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’
१ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’ भएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको हो । अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ..
प्रचण्ड भेट्न शंकर पोखरेल खुमलटारमा
१ पौष, काठमाण्डौँ । ‘अध्यादेश प्रकरण’पछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले हिजो पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्काे विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्काे..
अब प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने
३० मंसिर, काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट आज जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ..
खुमलटार भेलामा सुवास नेम्वाङ पनि सहभागी
३० मंसिर, काठमाण्डौँ । सरकारले विनाछलफल संवैधानिक परिषद् सम्बन्धि संशोधन अध्यादेश ल्याएपछि सत्तारुढ दलका शीर्ष नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा भेला भएका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका शीर्ष नेताले अध्यादेशबारे ठोस धारणा तय गर्ने एक नेताले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आज जारी गरेपछि नेकपाका बहुमत नेताहरुले त्यसको विरोध गर्दै खारेज गर्न माग गरेका छन् । अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली..
सरकार आफै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लाग्योः उपेन्द्र यादव
३० मंसिर, काठमाण्डौँ । सरकार नै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लागेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आरोप लगाउनुभएको छ । संसदको गरिमालाई समाप्त पार्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु गलत कार्य भएको उहाँले बताउनुभएको छ । संसद अधिवेशन बोलाएर जनताको हकमा काम गर्नुको सट्टा अध्यादेशमार्फत देश चलाउनु लोकतन्त्र खतरामा रहेको संकेत भएको उहाँले बताउनुभयो । यादवले संवैधानिक परिषद् शक्ति सन्तुलन गर्ने निकाय भएको तर..
ओलीको पछिल्लो कदम अलोकतान्त्रिक छः सभापति देउवा
३० मंसिर, काठमाण्डौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिनुभएको छ । उहाँले अलोकतान्त्रिक कार्य आफूलाई अस्वीकार्य हुने भन्दै बैठकमा सहभागी नहुने बताउनुभएको हो । ‘अलोकतान्त्रिक कार्य भएको छ । म बैठकमा जाँदिनँ । यो कदमको विरोध गर्दछु र विस्तृत रुपमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ ।’ उहाँले भन्नुभयो । नेकपाभित्रको विवादका..
खुमलटारमा आकस्मिक भेला डाकियो
३० मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गर्नुभएको छ । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको छ । तर सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध गर्नुभएको छ । सरकारले ल्याएको अध्यादेश तुरून्त खारेज गर्न माग गर्दै प्रचण्डले भन्नुभयो,..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७