राजनीति

राप्रपाको एकीकरणलाई वैधानिकता
२१ असोज, काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकीकरणलाई वैधानिकता दिएको छ । आयोगको बैठकबाट दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव लागेको बताउनुभएको छ । प्रजातन्त्रको पुनःस्थापनापछि वि.सं. २०४७ जेष्ठ १५ गते पूर्वपञ्चहरुको समूहले..

जसपा निकट युवाको मोटरसाइकल र्याली विवादित
२१ असोज, झापा । पूर्व सङ्घीय समाजवादी फोरम निकट समाजवादी युवा फोरम झापा र नयाँ शक्तिनिकट युवा शक्ति नेपाल झापाले असोज २२ गते (भोली) हुने भनिएको झापा जिल्लाव्यापी मोटरसाइकल र्यालीमा आफूहरुको संलग्नता नरहने जनाएको छ । जसपा निकट युवा संगठनमा उत्पन्न विवादसँगै केपी ओली सरकारको विरुद्ध जिल्लामा आह्वान गरिएको मोटरसाइकल र्याली विवादित बनेको हो । आज दमकमा समाजवादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापाले संयुक्त पत्रकार सम्मेलन नै..

ओली–गौतम ‘वन टु वन’ वार्तामा
२१ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमसंग वालुवाटारमा ‘वन टु वन’ वार्ता गरिरहनुभएको छ । ओलीले आज विहान गौतमलाई छलफलका लागि अकस्मात बोलाउनुभएको थियो । लगत्तै नेकपा उपाध्यक्ष गौतम भैंसेपाटीबाट निस्किएर १० बजे बालुवाटार प्रवेश गर्नुभएको थियो । गौतमलाई ओलीले मन्त्रिमण्डल पुर्नगठनको विषयमा गम्भीर छलफल गर्न बोलाएको स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभाका मनोनित सांसद गौतमलाई सरकारमा लान अदालतले अल्पकालिन रोक लगाएको अवस्थामा दुई नेताबीच भेट भइरहेको..

पहिचान पक्षधर जसपाका सांसदद्धारा नै ‘थरुहट–अवध–मगरात’को विपक्षमा मतदान
२१ असोज, रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरुले नै प्रदेश–५ को नामाकरण गर्दा ‘थरुहट–अवध–मगरात’ नामको प्रस्ताव विरुद्ध मतदान गरेका छन् । हिजो (मंगलबार) प्रदेश–५ को नाम र राजधानीको विषयमा प्रदेशसभामा मतदान हुँदा जसपाका ६ सांसद मध्ये दुई जनाले थरुहट–अवध–मगरातको विपक्षमा मतदान गरेका हुन् । ८७ सांसद रहेको प्रदेशसभामा मंगलबार ८२ जना सहभागी थिए । कुर्सी टेबल तोडफोड गर्ने कांग्रेसका ५ जना सांसद कारबाहीमा परी अनुपस्थित थिए । प्रदेशको..

नेकपाको सचिवालय बैठक सम्पन्न
२० असोज, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा सांगठनिक एकताबारे छलफल भएको बताईएको छ । तर वहुप्रतिक्षित मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्रीले यसबारे केही जानकारी नगराउनु भएको उहाँले जानकारी दिनुभयो । बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उहाँले बताउनुभयो ।

प्रदेश–५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी दुई तिहाइ बहुमतले पारित
२० असोज, रुपन्देही । प्रदेश–५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । विशेषगरी प्रदेश–५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा आजको मतदानबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ । प्रदेशसभाको आजको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३..

प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमाथि मतदान शुरु
२० असोज, रुपन्देही । प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान शुरु भएको छ । प्रदेशसभाको बैठकमा अहिले मतदान शुरु भएको हो । मतदानको सबै प्रक्रियाबारे जानकारी दिएपछि सभामुखले मतदान शुरु भएको घोषणा गरेका हुन् । नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त हुने सम्भावना रहेको छ । ८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले..

प्रदेश–५ को राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न काँग्रेसको ह्विप
२० असोज, रुपन्देही । नेपाली काँग्रेसले प्रदेश–५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप लगाएको नेपाली काँग्रेसकी सचेतक निमला क्षेत्रीले बताउनुभयो । उहाँले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको तर नामका बारेमा भने काँग्रेसको असहमति नरहेको खुलाउनुभयो । काँग्रेसले निर्णय..

प्रदेश–१ को नाम किरात, कोशी र सगरमाथा चर्चामा !
२० असोज, विराटनगर । कोरोना भाइरसको महामारीकाबीच प्रदेश–५ ले नाम र राजधानी टुंगो लगाउन लागेसँगै प्रदेश–१ मा पनि नाम र राजधानीको बहस सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश–१ सरकारले राजधानीको विषय गत २३ वैशाख २०७६ मा टुंगो नै लगाएको छ । नामको विषयमा भने सहमति जुट्न सकेको छैन । नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् ।..

प्रदेश–५ राजधानी बिवादः प्रदेश सभामा कुर्सी तोडफोड, सभामुखमाथि माईक प्रहार
१९ असोज, रुपन्देही । प्रदेश–५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने देखिएको छ । आज (सोमबार)को प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो । सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर आजको प्रदेशसभाको दृश्य त्यस्तो रहेन ।सभामुखले बैठक चलाए भने विपक्षीले पनि आफ्नो मर्यादा भुल्दै कुर्सी नै तोडफोटमा उत्रिए । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले..