भारत–चीनका उच्च अधिकारीहरुको नेपाल भ्रमणमा होड्बाजी !

भारत–चीनका उच्च अधिकारीहरुको नेपाल भ्रमणमा होड्बाजी !


८ मंसिर, काठमाण्डौँ । कोरोना महामारीका कारण केही महिना यता स्थगित भएको छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोरोना कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउजाउ गर्न सुरु गरेका छन् ।

विशेषतः पछिल्लो समयमा दक्षिणको छिमेकी मुलुक भारतबाट निरन्तर उच्च तहको भ्रमण भइरहेको छ । उत्तरको छिमेकी चीनबाट पनि आगामी साता रक्षामन्त्री आउने निश्चित प्रायः छ ।

कोरोना संक्रमण शुरु भएपछि भारत र चीनका उच्च अधिकारीहरुले केही समय विदेशी मुलुकहरुको भ्रमण गरेनन् । तर, केही महिनापछि दुबै मुलुक भर्चुअल भेटघाटमा मात्र सीमित रहेनन्, महामारीकै वीचमा विभिन्न मुलुकको भ्रमणमा नै निस्कन सुरु गरेका छन् । पछिल्लोपटक दुवै मुलुकको भ्रमणको प्राथमिकतामा एसियाली मुलुकहरु छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको माहामारीकै वीचमा गत सेप्टेम्बरको पहिलो साता युरोप भ्रमण गरेका थिए । त्यसैगरी अक्टोबर महिनामा उनले दक्षिण पूर्वी एसियाली मुलुकको भ्रमण गरेका छन् ।

आगामी साता वाङ जापान र दक्षिण कोरियाको भ्रमणमा जाँदैछन् । चिनियाँ रक्षामन्त्री चाहिँ नेपाललगायत दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्कँदै छन् ।

त्यसैगरी भारतीय विदेशमन्त्री एस जयशंकरले केही महिनायता रसिया र जापानको भ्रमण गरेका थिए । त्यसैगरी भारतीय विदेशसचिव हर्षवद्र्धन श्रीङ्गलाले छिमेकी मुलुक बंगलादेश र माल्दिभ्सको भ्रमण संगै अक्टोबरमा उनले फ्रान्स, जर्मनी र बेलायतको भ्रमण गरेका थिए । चीनसँग द्वन्द्व बढेपछि भारतले अमेरिका, युरोपेली मुलुक र छिमेकी मुलुकसँगको सहकार्य बाक्लो बनाउँदै लगेको छ ।

यस पृष्ठभूमिमा पछिल्लो केही हप्तायता भारतबाट उच्च तहमा निरन्तर भ्रमण भइरहेको र भारतीय विदेश सचिव फर्केको दुई दिनपछि नै काठमाडौँले चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर