राजनीति

दाङलाई प्रदेश–५ को राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप
१८ असोज, रुपन्देही । प्रदेश–५ को राजधानी दाङलाई बनाउने पक्षमा मतदान गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ह्वीप जारी गरेको छ । सोमबार विहान बसेको प्रदेश–५ को संसदीय दलको बैठकले दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । नेकपा प्रदेश–५ प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले ह्वीप जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । ढकालका अनुसार सरकारले निर्णय गरी दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्न ह्वी जारी गर्ने निर्णय..

प्रदेश–५ का मुख्यमन्त्री पोखरेलमाथि आक्रमण प्रयास, ९ जना पक्राउ
१९ असोज, रुपन्देही । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलमाथि भौतिक आक्रमणको प्रयास भएको छ । हिजो साझ उहाँ सवार गाडीमा आक्रमण भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि आक्रमण प्रयास भएको हो । पोखरेल सवार गाडीमाथि ढुंगामुढा भएको छ । ढुंगा प्रहार गर्ने काँग्रेस कार्यकर्ता रहेको जनाइएको छ । ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको..

प्रदेश–५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न विष्णु पौडेलको आग्रह
१८ असोज, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश–५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड समक्ष माग गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको हो । महासचिव पौडेलले ओली र प्रचण्डलाई यस्तो प्रस्ताव राख्दै गर्दा बालुवाटारमा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो ।..

निषेधाज्ञा तोड्दै बुटवलमा प्रर्दशन जारी
१८ असोज, रुपन्देही । बुटवलमा स्थानीय प्रशासनले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रदेश–५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावमा तिव्र असन्तुष्टि बढेपछि सम्भावित विरोध र दंगालाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरेको हो । तर, निषेधाज्ञा तोड्दै सर्वसाधारण, नागरिक समाज र उद्दोगी व्यवसायी प्रदर्शनमा उत्रिएका छन् । बुटवललाई प्रदेश–५ को राजधानी कायम गर्नुपर्ने माग गर्दै उनीहरु विरोधमा उत्रिएका हुन् । विरोधमा उत्रिएकाहरुले अर्काे चुनावमा मत नदिने सम्मको नारावाजी..

कांग्रेसको भोलि बोलाईएको केन्द्रिय समितीको बैठक स्थगित, २५ असोजका लागि तय
१८ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसको भोलि (सोमवार)का लागि तय भएको केन्द्रिय समितीको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि बैठक स्थगित भएका हो । अर्काे बैठक २५ असोजका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । काँग्रेसभित्र केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको विषय उठाउने तयारी भएको थियो । केन्द्रीय सदस्यहरु गगनकुमार थापा, अर्जुननरिसंह केसी, रमेश रिजाल, अजयकुमार चौरसिया, कल्पना चौधरी,..

प्रदेश–५ राजधानी विवादः बुटवलमा निशेधाज्ञा जारी
१८ असोज, रुपन्देही । प्रदेश–५ को स्थायी राजधानी दाङ तोकिएको विषयमा हालको अस्थायी राजधानी बुटवल तनावगग्रस्त भएपछि स्थानीय प्रशासनले केही स्थानमा निशेधाज्ञा जारी गरेको छ । आज बिहान ६ बजेदेखि लागु हुनेगरि २१ गते बेलुका ६ बजेसम्मका लागि निशेधाज्ञा जारी भएको हो । बुटवलमा नेपाली काँग्रेसले प्रदेश राजधानी दाङको भालुवाङ तोकिएको विरोेधमा प्रदर्शन चर्काएको छ । काँग्रेसले आज जिल्ला बन्दको घोषणासमेत गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेशसभा भवन..

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चत
१८ असोज, काठमाण्डौँ । संगठनका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चत भएको छ । हिजो नेपाली कांग्रेसका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो भने अझै केहिको रिपोर्ट आउँन बाँकि छ । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएपछि सबैको रिपोर्ट नआउन्जेल बैठक स्थिगित भएको कांग्रेस स्रोतले जनाएको छ । आज विहान..

नेकपा सचिवालय बैठक स्थगित
१७ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाईएको बैठक स्थगित भएको हो । बैठक स्थगित भएको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अन्य पदाधिकारी तथा सदस्यहरुलाई जानकारी दिएको छ । आजको बैठकमा सरकारले गरेको राजदूत नियुक्ति, प्रदेश–५ को राजधानी तोक्ने विषय, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल हुने भएको थियो । आजको बैठकमा कतिपय नेताहरुले प्रधानमन्त्री ओलीप्रति तिव्र असन्तुष्टि जनाउने तयारी..

प्रधानमन्त्री ओली बिरुद्ध मोर्चाबन्दीः दाहाल, खनाल, नेपाल, गौतम एक कित्तामा !
१७ असोज, काठमाण्डौँ । आज (शनिबार) अपरान्हको लागि तय गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक यसपटक सामान्य नहुने छाँटकाँट छ । पार्टीभित्र संकट टरेको मात्र थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संग छलफल नै नगरी केही निर्णयहरु गरिदिनुभयो । यस हप्ता मुख्य सचिव र राजदूतको नियुक्ति भयो । त्यसमा ओलीले एकलौटी ढंगले निर्णय गरेको भन्दै नेताहरु असन्तुष्ट छन् । स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल सबैभन्दा असन्तुष्ट हुनुहुन्छ..

प्रदेश–५ राजधानी विवादः शंकर पोखरेलले बाजी मार्दा विष्णु पौडेल चेपुवामा !
१७ असोज, रुपन्देही । प्रदेश–५ को राजधानी दाङ हुने करिव–करिव पक्का भएको छ । प्रदेश–५ को प्रदेशसभामा राजधानी दाङलाई बनाउने सहमति भएपछि विरोध र समर्थनका स्वरहरु बाहिर आउन थालेका छन् । प्रदेश–५ को दाङ र बुटवलमध्ये एक राजधानी हुने निश्चित नै थियो । तर, नेताहरुबीच लामो रस्साकस्सीपछि दाङको सम्भावना बढेर गयो । दाङ राजधानी प्रस्ताव हुनुमा मुख्यमन्त्री शंकर पोखरेल पनि मुख्य कारण हुन् । पोखरेलको गृहजिल्ला दाङ हो । नेकपा..