नेकपाका नेताहरुबीच सामाजिक संञ्जालमा आरोप प्रत्यारोप

२९ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मंसिर ३ गतेका लागि तय भएको सचिवालय बैठकमा कडा बहस हुने निश्चित भएको छ । बैठक अगावै नेकपा नेताहरुबीच सामाजिक संञ्जालमा आरोप प्रत्यारोप सुरु भएको छ । हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुलाई लेखिएको पत्र र प्रचण्डको प्रत्युत्तर पत्रमाथि सार्वजनिक बहस चलेको छ । विशेषगरी ओली निकटस्थहरुले प्रचण्डमाथि गुटबन्दीको आरोप लगाएका छन् । कतिपय नेताहरुले..

प्रधानमन्त्री ओली शीतल निवासमा

२९ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतल निवास पुग्नुभएको छ । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न आज साँझ शीतल निवास गुग्नुभएको हो । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ । शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप–प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति..

काँग्रेस केन्द्रीय समिति बैठकः रामचन्द्र पौडेल समूह आन्तरीक रणनीति बनाउदैँ

२८ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह केन्द्रीय समिति बैठका सन्दर्भमा रणनीति बनाउन जुटेको छ । आज (शुक्रबार) दिउँसो १ बजेबस्ने बैठकको रणनीति बनाउन पौडेल पक्षबीच ११ बजेबाट अर्चुअल बैठक सुरु भएको छ । बैठकमा पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको सहभागिता रहेको स्रोतले जानकारी दियो । काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार पार्टी बैठकमा पार्टीको १४ औं महाधिवेशन, सरकारबारे आगामी रणनीति, सुनिल थापा समूहको व्यवस्थापनका..

प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा गरिने

२८ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा गरिने भएको छ । उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्रीहरूको भने कार्तिक देखि २०७७ चैत्र सम्मको ५० प्रतिशत पारिश्रमिक कोषमा जम्मा गरिने भएको छ । कार्तिक २० र २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दे संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।..

नेकपा सचिवालय बैठक आज मध्यान्न बस्दै, ओली–दाहालको आ–आफ्नै तयारी

२८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा आज ४ बजेलाई बालुवाटारमा बैठक बोलाउनुभएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपाँयबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो । यसैबीच..

प्रचण्ड निवास खुमलटारमा पाँच शिर्ष नेताको गोप्य छलफल

२७ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले भोलि (शुक्रबार)को सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको बुझिएको छ । आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए । भोलिको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र..

दुवै अध्यक्षको सहमतिमा नेकपा सचिवालय बैठक भोली बस्ने

२७ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भेली शुक्रबार बस्ने भएको छ । दुवै अध्यक्षको सहमतिमा भोलि अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाईएको छ । बैठकबारे सचिवालयका सबै सदस्यहरुलाई जानकारी पुगेको बुझिएको छ । आजका लागि तय भएको बैठक सारेर भोलि अपरान्ह ४ बजेका लागि तय भएको हो । बैठकले पार्टीमा उत्पन्न विवादबारे महत्वपूर्ण छलफल गर्ने बुझिएको छ । नेकपा गम्भीर दुर्घटनाको नजिक पुगिरहँदा..

जनताको जनमतलाई बीचैमा छोड्ने कुरा हुन्नः प्रधानमन्त्री ओली

२६ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि नडराउने स्पष्ट पार्नुभएको छ । आज (बुधबार) संखुवासभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । पार्टीभित्रको आन्तरिक विवादको बारेमा खासै उल्लेख नगरेपनि प्रधानमन्त्री ओलीले कसैको चाहनाले पार्टी केही पनि नहुने जिकिर गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चिन्ता नलिईकन पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने समेत बताउनुभएको..

बामदेव गौतम मन्त्री बन्न पाउने

२६ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो खुल्ला भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले गौतमविरुद्धको अन्तरिम आदेश आज खारेज गर्दै राष्ट्रियसभामा क्रियाशील हुन पाउँने फैसला गरेको हो । सरकारको निर्णय बदर गर्न र मन्त्री बन्नबाट उनलाई रोक लगाउन माग गर्दै नेपाली कांग्रेस निकट अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो ।..

बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने

२६ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । केही समय अघि राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित हुनुभएका सांसद गौतमको सांसदको योग्यता सम्बन्धी सर्वाेच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वाेच्च अदालतले जनाएको छ । वरिष्ठ अधिवक्ता दिनेश..