उद्योग वाणिज्य महासंघको मतदान शुरु, भावी नेतृत्वका लागि ढकाल र प्रधान मैदानमा

उद्योग वाणिज्य महासंघको मतदान शुरु, भावी नेतृत्वका लागि ढकाल र प्रधान मैदानमा


१३ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान शुरु भएको छ । मतदान अहिले विहानबाट शुरु भएको हो । महाधिवेशनको अन्तिम दिन आज भएकाले निर्वाचन प्रकृया सुरु भएको हो ।

मतदान टेकुस्थित महासंघको केन्द्रीय कार्यालय, कार्की बैंकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भईरहेको छ । टेकुमा वस्तुगत संघ समूह, बबरमहलमा एशोसिएट समूह र कमलादीमा उद्दोग वाणिज्य समूहले मतदान गर्ने गरी व्यवस्था मिलाइएको महासंघले जनाएकोे छ ।

भावी नेतृत्वको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा हुनुहुन्छ । महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल एशोशिएटतर्फको उपाध्यक्ष हुनुहुन्छ । उहाँ आइएम समूहका अध्यक्ष हुन् । यो समूहले बैंक तथा पर्यटन क्षेत्रमा लगानी गर्दैआएको छ ।

उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधान विराटनगरमा उद्योगी हुनुहुन्छ । उहाँ यसअघि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित हुनुभएको थियो । उहाँ हालका मनोनित उपाध्यक्ष पनि हुनुहुन्छ ।

महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ ।

महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघई प्रतिष्पर्धामा हुनुहुन्छ । ज्योती प्रधानको प्यानलबाट हुन् भने संघई ढकालको प्यानलबाट हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधान दुवैले आफ्नो जीतको दाबी गरेका छन् । दुवैले सहमति गर्न नमानेपछि चुनाव हुने भएको हो ।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा २९ चैत्रपछि स्वतः अध्यक्ष हुनेछन् । त्यसपछि अर्काे कार्यकाल अब चयन हुने वरिष्ठ उपाध्यक्षमध्येबाट हुनेछन् । हालका उम्मेदवारहरु चन्द्र ढकाल र किशोर प्रधान मध्ये जस्ले जित्छ उही भावी अध्यक्ष बन्नेछन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर