प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव श्रृंगलाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव श्रृंगलाबीच भेटवार्ता


११ मंसिर, काठमाण्डौँ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बालुवाटारमा भएको भेटवार्तामा प्रधानामन्त्री ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अहिले सम्बन्धमा देखिएको चिसोपना हटाउँदै सबै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

विदेश सचिव श्रृंगलाले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकै रुपमा नेपाल भ्रमणमा आएको पनि जनाउनुभएको थियो । श्रृंगला आज काठमाडौं आउनुभएको हो ।

यसअघि उहाँले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी भएर परराष्ट्रसचिव डा. भरतराज पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर