९ मंसिर, विराटनगर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । विराटनगरमा आज संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पुरा नभएसम्म सरकार परिवर्तन नहुने बताउँनुभएको हो ।
मुलुकको राजनीतिक स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पुर्ण अवधिसम्म चल्ने उहाँले स्पष्ट पार्नुभयो ।
अर्काे एक प्रश्नमा उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपा ठुलो पार्टी भएकाले पार्टीभित्र केही असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व सक्षम रहेको बताउनुभयो ।