नेपाल–भारत परराष्ट्रसचिव स्तरीय बैठक सम्पन्न

नेपाल–भारत परराष्ट्रसचिव स्तरीय बैठक सम्पन्न


११ मंसिर, काठमाण्डौँ । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डल स्तरीय बैठक सम्पन्न भएको छ । सो द्विपक्षीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गर्नुभएको हो ।

काठमाण्डौँमा आज भएको द्विपक्षीय बैठकमा नेपाल–भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चार्टर्ड जहाजबाट आज बिहान नेपाल आइपुग्नुभएका श्रींगलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै पत्रकारहरूसँगको प्रतिक्रियामा नेपाल–भारत सम्बन्ध निकै बलियो रहेको प्रतिक्रिया दिनुभएको थियो ।

यस्तै उहाँले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्नुका साथै स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहनु भएका श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उहाँको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान–प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर