राजनीति

नेकपाकाे केेेन्द्रीय बैठक स्थगित, बैठक आगामि मंसिरमा बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिनापछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिए । कात्तिक १५ देखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिरमा सारिएको हो । अध्यक्षद्वयको सहमतिअनुसार..

‘रअ’ प्रमुखको नेपाल यात्राः क–कस्लाई भेटे ?
८ कार्तिक, काठमाण्डौँ । भारतीय खुफिया गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयल नेपालमा दुई दिनसम्म बसे । त्यस अवधीमा उनी नेपाली राजनितीक दलका नेताहरुसंगको भेटमा पुरै व्यस्त रहे । ‘रअ’का प्रमुख गोयलले सेनाको विशेष विमानबाट बुधबार दिउँसो एक्कासी काठमाडौँ आएर खुल्लमखुल्ला सरकार प्रमुख र प्रमुख प्रतिपक्षी दलका नेतासङ्ग भेट्वार्ता गरे । ‘लन्च’ यतै, ‘डिनर’ यतै अनि भोलिपल्ट बिहानको ‘ब्रेकफाष्ट’ पनि यतै लिएर उनको टोली अस्ति बिहान नयाँ दिल्लीतर्फ फर्के पनि..

पूर्वराजा शाहलाई सूर्य थापाको सुझावः पहिला पारशको अभिभावकत्व ग्रहण गर्नुहोस्
७ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिँदा संकटको बेला नेपाली जनता टुहुरा भएको र अब कसले अभिभावकत्व गहण गर्ने भनेर दिएको वक्तव्य नै गलत भएको बताउनुभएको छ । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै उहाँले यस्तो बताउँनुभएको हो । कुराकानीको क्रममा थापाले भन्नुभयो–‘पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनता टुहुरा भएका छन अब कसले अभिभावकत्व..

पर्साको विन्दवासनीमा पूर्वएमाले र पूर्वमाओवादीबीच झडप हुँदा एक जनाको मृत्यु
७ कार्तिक, पर्सा । पर्साको विन्दवासनी गाउँपालिकामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकाले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप भएको हो । झडपमा घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भिर रहेको छ । झडपमा गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो..

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत
७ कार्तिक, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताउनुभयो । यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव..

कोरोना महामारी व्यवस्थापनमा काँग्रेसले आफ्ना कार्यकर्ता परिचालन गर्ने
७ कार्तिक, काठमाण्डौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले कोरोना महामारी व्यवस्थापनमा आफ्नो संगठनलाई परिचालन गर्ने भएको छ । सरकारले कोरोना महामारीको व्यवस्थापन तथा बिरामीको उपचारबाट हात झिकेको भन्दै जिम्मेवार पार्टीका नाताले जनताको सेवामा समर्पित हुने निधो गरिएको काँग्रेसको संगठन विभागद्वारा जारी विज्ञप्तिमा चनिएको छ । पीसीआर परीक्षण जनता स्वयंले गर, असाध्यै गाह्रो नभइकन अस्पताल नजाउ, मृत्यु भएमा आफै दाहसंस्कार गरजस्ता गैरजिम्मेवार निर्देशन सरकारी पक्षबाट आउनु अत्यन्त दुःखद र निन्दनीय कुरो..

कांग्रेस सभापति देउवाले ‘रअ’ प्रमुखसंग नभेटेको सचिवालयको भनाई
६ कार्तिक, काठमाण्डौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नगरेको देउवाको सचिवालयले जनाएको छ । ‘रअ’का प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली हिजो (बुधबार) कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु देउवाले ‘रअ’ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पार्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल..

प्रचण्ड र रअ प्रमुख भेट बारेको समाचार असत्यः प्रचण्ड सचिवालय
६ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रचण्डले ‘रअ’का प्रमुख गोयलसंग गोप्य भेट नगरको बताएको छ । ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भनेर प्रकाशित समाचारको खण्डन गरेको छ । प्रचण्डको नीजि सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले उक्त समाचारप्रति सचिवालयको ध्यानाकर्षण भएको भन्दै संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्नुभएको छ । साथै..

नेपाल–भारतको सम्वन्ध सुधार्न ‘रअ’ प्रमुख गोयल नेपाल आए
६ कार्तिक, काठमाण्डौँ । दुई दिन नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल बुधबार काठमाडौं आएलगत्तै खैलाबैला मच्चिएको थियो । उनी विशेष विमानमा किन नेपाल आए ? यो आम चासोको विषय बन्यो । देशका प्रधानमन्त्रीको स्वीकृति विना उनी नेपाल आउन सम्भव नभएको नेकपा विदेश विभागका विष्णु रिजालले बताउनुभयो । उहाँको भनाईलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीकै अनौपचारिक निम्तोमा गोयल नेपाल आएका हुन् । गोयलले एक रातको..

काँग्रेस सभापतिका लागि रामचन्द्र पौडेल उम्मेदवारीबाट पछि नहट्ने
५ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसको आगामी महाधिवेशन कोरोना महामारीका कारण सर्ने पक्कापक्की जस्तै छ । यसै वर्षभित्र सम्पन्न गर्नुपर्ने महाधिवेशन सर्ने छाँट देखिएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कुनै हालतमा महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्नुपर्ने जोड दिदै आएको छ । पौडेलले अब महाधिवेशन समयमै गर्न देउवामाथि दबाब बढाउन सुरु गर्नुभएको छ । उहाँले केही लचकता देखाउन सक्ने तर आउँदो वैशाखभन्दा पर जाने गरी मान्न नसकिने स्पष्ट पारिसकेको बुझिएको छ..