राजनीति
संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारद्धारा अध्यादेश जारी
३० मंसिर, काठमाण्डौँ । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो । पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी..
भ्रष्टाचार जस्तोसुकै होस् त्यो क्षम्य हुँदैनः प्रधानमन्त्री ओली
२४ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरो बताउनुभएको हो । कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले..
कांग्रेस–कम्युनिष्ट दुबै शक्ति यथास्थितिवादी हुन्ः रकम चेम्जोङ
२३ मंसिर, झापा । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताउँनुभएको छ ।. सोमबार झापाको दमकमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पूर्वमन्त्री चेम्जोङले हिजो कांग्रेस र कम्युनिष्ट मात्रै रहेको सत्ता राजनीतिको केन्द्रविन्दुमा अब जनता समाजवादी पार्टी, नेपाल पनि प्रवेश गरेको बताउनुभयो । ‘त्रीपक्षीय शक्ति संघर्षमा कांग्रेस र नेकपा भन्दा अग्रगामी, वैचारिक रूपले स्पष्ट र वास्तविक नेपाली..
मोरङको मिक्लाजुङमा विप्लव समूहद्धारा शिक्षकको हत्या
२३ मंसिर, मोरङ । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ । ‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा आज बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले उल्लेख गरेको छ । ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ । मक्लाजुङ गाउँपालिका–१ का वडा अध्यक्ष..
वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न
२३ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठक बसेको केही बेरमा नै बैठक सकिएको हो । प्रधानमन्त्रीले आयोजना गर्नुभएको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाबारे बैठकमा विफ्रि गर्नुभएको स्रोतले जनाएको छ ।
आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै
२३ मंसिर, काठमाण्डौँ । देश अहिले कोरोना महामारीले आक्रान्त छ । महामारीका बीच देशमा भएको राजनीतिक परिवर्तनमाथि चुनौती थपिएको छ । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतालाई उल्टाउने गरी सडकमा प्रदर्शनहरु हुन थालेका छन् । शुरुमा केही व्यक्तिहरु सडकमा ओर्लिएकोमा विस्तारै संगठित रुपमा राजावादीहरुको प्रदर्शन हुन थालेको छ । विभिन्न संस्थाका नाममा सडकमा ब्यानरसहित दिनहुँ प्रदर्शन हुँदै आएको छ । झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, चितवन, धनगढीका अलावा काठमाडौंमा पनि उनीहरुले शक्ति..
काँग्रेसले सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने
२२ मंसिर, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । काँग्रेसले आउदो मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने भएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घाटन गर्ने क्रममा स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि आक्रोसित भएको काँग्रेसले सरकारविरुद्ध सडकमा जाने निर्णय गरेको हो । काँग्रेसका शीर्ष नेतासहित शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी प्रदर्शनको उद्घोष गरेको थियो । काँग्रेसले..
कुनै शक्तिसँग नझुक्ने भन्दै प्रचण्डलाई ओलीको चुनौती
२१ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै शक्तिसँग नझुक्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चुनौती दिनुभएको छ । आज स्थायी कमिटी बैठकमा सहभागी नहुनुको कारण उल्लेख गरी पत्र पठाउँदै उहाँले प्रचण्डलाई चुनौती दिनुभएको हो । ओलीले अर्का अध्यक्ष प्रचण्डद्वारा सचिवालयमा प्रस्तुत यसअघिको प्रतिवेदनलाई सङ्गीन आरोपपत्रको संज्ञा दिनुभएको छ । उहाँले पत्रमा लेख्नुभएको छ, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको..
अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने ओलीको अडान, विबाद मिलाउने जिम्मा स्थायी कमिटीलाई
२० मंसिर, काठमाण्डौँ । ‘मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको होला तर म दुवै पद छाड्दिनँ,’ आज नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा रातो ज्याकेटमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो । उहाँले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताउनुभयो । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्काे संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पार्नुभयो । ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी..
ओलीको जवाफी प्रस्तावले प्रचण्ड आक्रोशित
१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनेगरि प्रस्तुत नभएको भन्दै कडा आलोचना पनि..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७