राजनीति

गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल
२७ जेष्ठ, कास्की । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल हुनु भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्न सक्नुभएन । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बन्नुभएको छ । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका गुरुङले संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिन प्रयास गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र परेको थियो..

आरजु राणालाई पराजित गर्ने कैलालीका नारदमुनि राना वन मन्त्री
२७ जेष्ठ, काठमाण्डौँ । शेरवहादुर देउवापत्नी आरजु राणालाई पराजित गरी कैलालीबाट निर्वाचित नेता नारदमुनि राना मन्त्री वन तथा वातावरण मन्त्रीमा नियुक्त बन्नुभएको छ । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री प्रस्ताव गर्नुभएको र रानाले पद स्वीकार गरेको बताईएको छ । रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गर्नुभएको थियो । चुनावकै बेला नेता रानालाई मन्त्री..

विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुन सक्ने मुख्यमन्त्री गुरुङको संकेत
२७ जेष्ठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ । संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेको समयमा मुख्यमन्त्री गुरुङले विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने संकेत गर्नुभएको हो । उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको..

ओली सरकारको संञ्चारमन्त्रीमा बादल पत्नी नैनकला थापा
२७ जेष्ठ, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ले आफ्नी श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल हुनुभएको छ । सर्वोच्च अदालतको फैसलाले गृहमन्त्रीबाट बाहिरिएका बादल अन्ततः आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल हुनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै कारण बादलले आफ्नो खेमाबाट मन्त्री बन्न योग्य नेताहरुलाई पन्छाएर श्रीमतीलाई नै मन्त्री बनाउनुभएको स्रोत बताउछ । प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद् विस्तारमा बादलपत्नी नैनकला..

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तारः को को बने मन्त्री ?
२७ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै सम्हाल्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आज मौजुदा मन्त्रिपरिषदमा जनता समाजबादी पार्टीको नेतासहित थप आठ जनालाई सहभागी गराई मन्त्रिपरिषदको विस्तार गर्नुभएको हो..

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त, सुदूरपश्चिम प्रदेश सरकार जोगियो
२५ जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा उहाँलाई ३० सांसदले विश्वासको मत दिएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
२५ जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँनुहुदैछ । मुख्यमन्त्री भट्टले सभामुखलाई विश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर लेखेको पत्र आइतबार साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । अहिले बिहान ९ बजे विश्वास मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको..

प्रदेश–२ सरकारबाट ठाकुर–महतो पक्षका चार मन्त्री बर्खास्त
२४ जेष्ठ, धनुषा । प्रदेश–२ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रलाल सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा. राजेश झाको सचिवालयमा दर्ता गराउनुभएको हो । प्रदेश प्रमुख..

माओवादी केन्द्रले फिर्ता लियो प्रदेश–१ सरकारलाई दिएको समर्थन
२३ जेष्ठ, काठमाण्डौँ । प्रदेश–१ सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको छ । आज माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिनुभएको हो । गत पैष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र एमालेको माधव नेपाल समुहका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सर्वाेच्च अदालतले नेकपाको एकता भंग गरेपछि प्रदेशसभामा तत्कालिन नेकपा एमालेको एकल..

गण्डकी प्रदेशसभा सदस्यबाट थापालाई सांसद्बाट नहटाउन अन्तरिम आदेश
२३ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट कारवाही गरिएका कृष्ण थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आज सर्वाेच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको छ । गत वैशाख २९ गते हुने भनिएको सरकार गठनसम्बन्धी दावीमा प्रदेशसभा सदस्य..