एमाले एकतामा थप प्रगति हुन सकेन, दोस्रो तहका नेताहरु नै निराश

२४ असार, काठमाण्डौँ । सत्तारुढ नेकपा एमालेको एकता वार्तामा पछिल्लो १० दिनयता उल्लेख्य प्रगति नभएको कार्यदलका एक सदस्यले बताएका छन् । चार दिनदेखि लगातार छलफलमा बसेको कार्यदलका सदस्यहरु सहमति नजिक पुगेको दाबी गर्दै आएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए । कार्यदलमा ओली पक्षको संयोजक रहेका सुवास नेम्वाङले त..

नेपालले मागे पार्टीमा ओलीकै हैसियत, एमालेको निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने

२४ असार, काठमाण्डौँ । नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान माधवसमुहले राखेपछि एमालेमा नयाँ तरङ आएको छ । यो अडानका कारण वार्ता टोलीका नेताहरु छुट्टाछुट्टै औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । हिजो राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वान टु वान वार्तामा वरिष्ठ नेता नेपालले आफ्नो बटमलाइन प्रष्ट पार्दै पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी माग्नुभएको बुझिएको छ..

एमाले कार्यदलका सदस्यहरु वार्ता रोकेर आपसी छलफलमा

२४ असार, काठमाण्डौँ । नेकपा एमाले कार्यदलका सदस्यहरु आपसी छलफलमा जुटेका छन् । एमालेको विवाद मिलाउन गठित कार्यदल सहस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका हुन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालय तिर लागेका छन् । पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । आज पनि..

एमाले कार्यदलको बैठक आज पनि बस्दै, सहमति हुने सुवास नेम्वाङको भनाई

२४ असार, काठमाण्डौँ । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । हिजो साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले आज साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताउनुभयो । उहाँले हिजो साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताउनुभयो..

एमाले अध्यक्ष ओली र माधव नेपालबीच भेटवार्ता सुरु

२३ असार, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । दुई नेताबीच एमाले एकता बचाउन सहमतिका लागि वार्ता भइरहेको हो । ओली र नेपालले वार्तामा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई मात्र राखेको बुझिएको छ । नेता पाण्डेले नै वार्ताको पहल गरेको बताईएको छ । दुई नेताबीच लामो समययता भेटवार्ता हुन सकेको थिएन । दोस्रो तहका नेताहरुले वार्ताको पहल गर्दै..

जसपाका दुवै खेमाका नेताहरु पार्टी विभाजन गर्न तयार

२२ असार, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । सहमति कायम गर्न निर्वाचन आयोग पुगेका दुवै पक्ष अलग–अलग पार्टी बनाएर जान सहमत भएपछि फुट निश्चित भएको हो । आधिकारिकता सम्बन्धी विवादमा छलफलका लागि निर्वाचन आयोग कार्यालय पुगेका दुवै पक्षका नेताहरु फुटेर अघि बढ्न सहमत भएका हुन् । छलफलमा दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।..

एमाले कार्यदलको बैठक आज पनि बिना निश्कर्ष टुंङ्गियो

२२ असार, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बिना निश्कर्ष सकिएको छ । बैठकमा कुनै सहमति हुन नसकेको बताईएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताउनुभयो । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले आज सिंहदरबारमा दोस्रो चरणको बैठक बसेको थियो । बैठक भने सकारात्मक ढंगले अघि बढेको..

एमाले कार्यदल ब्यूँतियो, सिंहदरबारमा बैठक बस्दै

२१ असार, काठमाण्डौँ । नेकपा एमालेको कार्यदल पुनः ब्यूँतिएको छ । एकता जोगाउन गठित कार्यदलको बैठक आज बेलुका सिंहदरबारमा बस्ने जनाईएको छ । कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक हुनुहुन्छ भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक हुनुहुन्छ भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ । जेष्ठ २..

हस्ताक्षर फिर्ता लिन ओलीले माधवलाई दिएको अल्टिमेटम सकिँदै, हस्ताक्षर फिर्ता नहुने

२१ असार, काठमाण्डौँ । नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ । एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्चको फैसला आउँदासम्म ज–जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसक्नुभएको छ । बैठकपछि पनि..

प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा

२० असार, काठमाण्डौँ । नेकपा एमाले माधव समुहका नेता भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गर्नुभएको छ । ओलीकै बोलावटमा उहाँ बालुवाटार पुगेको स्रोतले बताएको छ । एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमको समय भोली सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन दोस्रो..