प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा

प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा


२० असार, काठमाण्डौँ । नेकपा एमाले माधव समुहका नेता भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गर्नुभएको छ । ओलीकै बोलावटमा उहाँ बालुवाटार पुगेको स्रोतले बताएको छ ।

एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमको समय भोली सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन दोस्रो तहका नेताहरु सक्रिय छन् ।

स्रोतका अनुसार माधव पक्षका भीम रावल, घनश्याम भुषाल लगायतका नेताले रावलसँग वार्ता गर्न बालुवाटारलाई सुझाव दिनुभएको थियो । माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उहाँलाई वार्तामा डाक्न सुझाव दिइएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर