एमाले कार्यदलको बैठक आज पनि बिना निश्कर्ष टुंङ्गियो

एमाले कार्यदलको बैठक आज पनि बिना निश्कर्ष टुंङ्गियो


२२ असार, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बिना निश्कर्ष सकिएको छ । बैठकमा कुनै सहमति हुन नसकेको बताईएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताउनुभयो ।

नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले आज सिंहदरबारमा दोस्रो चरणको बैठक बसेको थियो । बैठक भने सकारात्मक ढंगले अघि बढेको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो ।

गत जेष्ठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो ।

तर गत आइतबार अध्यक्ष ओली र नेता भीम रावलबीचको भेटवार्तापछि कार्यदल व्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने सहमतिपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर