जसपाका दुवै खेमाका नेताहरु पार्टी विभाजन गर्न तयार

जसपाका दुवै खेमाका नेताहरु पार्टी विभाजन गर्न तयार


२२ असार, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । सहमति कायम गर्न निर्वाचन आयोग पुगेका दुवै पक्ष अलग–अलग पार्टी बनाएर जान सहमत भएपछि फुट निश्चित भएको हो ।

आधिकारिकता सम्बन्धी विवादमा छलफलका लागि निर्वाचन आयोग कार्यालय पुगेका दुवै पक्षका नेताहरु फुटेर अघि बढ्न सहमत भएका हुन् । छलफलमा दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।

‘दुवै पक्षको दाबी कायम रह्यो । त्यसैले अब मिलेर जाने सम्भावना रहेन’,उपेन्द्र यादव पक्षका कार्यालय प्रमुख प्रकाश अधिकारीले भन्नुभयो । आफूहरुले बहुमत सदस्यको हस्ताक्षरसहित आधिकारिकता मागेकाले त्यसबाट पछि नहट्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अर्काे पक्षले पनि आधिकारिकता दाबी कायमै राखेपछि सहमति जुट्न नसकेको हो ।

आजको छलफलमा यादव पक्षबाट अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र यादव, नवराज सुवेदीलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । त्यस्तै, अर्का अध्यक्ष ठाकुर पक्षबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झालगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया:

सम्बन्धित खवर