राजनीति

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
१५ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८६ अर्ब ७१..

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
१५ जेष्ठ, काठमाण्डौँ । आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । कोरोना महामारीको कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेष्ठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गर्नुभयो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो..

चार सय ३० कैदीबन्दीलाई माफी मिनाहा
१४ जेष्ठ, काठमाण्डौँ । सरकारले चार सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेष्ठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गर्नुभएको हो । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरु हेरफेर
१४ जेष्ठ, काठमाण्डौँ । आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिनुभएको छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै..

सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई एमालेले पार्टीबाट निष्काशित गर्यो
१४ जेष्ठ, काठमाण्डौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीयदलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहसहित तीन मन्त्रीलाई पार्टीबाट निष्काशित गरिएको छ । उनीहरुलाई हिजो स्पष्टिकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नभएको भन्दै प्रदेश कमिटीले निष्काशन गरेको हो । निष्काशित गरिएकामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट रहेका छन् । तीनैजना मन्त्रीलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो । पत्रमा मन्त्री शाहलाई..

एमाले सुदूरपश्चिम कमिटीले फिर्ता बोलायो आफ्ना तीन मन्त्रीलाई
१३ जेष्ठ, काठमाण्डौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिनुभएको हो । सचिव रावलका अनुसार पार्टीको स्थायी..

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा आजबाट सुनुवाइ हुँदै
१३ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आजबाट सुनुवाइ हुँदै छ । संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ भने भाली शुक्रबार हुने छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो । सरकारको सिफारिसमा जेष्ठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि..

माधव पक्षीय १५ नेताद्धारा ओलीको चर्काे आलोचना
१२ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेभित्रका माधवकुमार नेपाल पक्षीय १५ नेताले विज्ञप्ति निकाल्दै पार्टी अध्यक्ष केपी ओलीको चर्काे आलोचना गरेका छन् । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित तत्कालीन स्थायी कमिटी सदस्यहरुले ओलीलाई अवैध अध्यक्ष भन्दै स्वेच्छाचारी काम गरिरहेको आरोप लगाएका हुन् । माधव नेपाल, झलनाथ खनालसहितका १५ नेताले ओलीको कदमलाई निरंकुश र प्रतिगामी भन्दै त्यसविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह समेत गरेका छन् । नेताहरुले विज्ञप्तिमा भनेका छन्,..

एमाले सुदूरपश्चिम संसदीय दलको बैठकको निर्णय सह्य नहुने इन्चार्ज भट्टको भनाई
१२ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने प्रदेशसभा संसदीय दलको बैठकको निर्णय सह्य नहुने बताउनुभएको छ । पार्टीको निर्देशन विपरित सुदूरपश्चिम प्रदेशमा निर्णय भएको भन्दै उहाँले अब के गर्ने भनेर पनि विधानमै खोजिने बताउनुभएको हो । आज बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । जबकि अध्यक्ष केपी शर्मा..

भावी रणनीतिबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक शुरु
८ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी आज विहान नयाँ निर्वाचनको मिति तोक्नु भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी गठबन्धनको बैठक शुरुभएको छ । बैठक विहान ११ः१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा शुरुभएको नेपाली काँग्रेसका सभपति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार विपक्षी गठबन्धनमा आवद्ध सबै दलका नेताहरुको बैठकमा सहभागीता रहेको छ..