राजनीति
केन्द्रीय सदस्यहरूको भेला बोलाउने काँग्रेस नेतात्रयको निर्णय
१५ असार, काठमाण्डौँ । नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले आफु निकट केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । पूर्वमहामन्त्री सिंहको निवास चाक्सिवारीमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल..
शिक्षामन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले सुझाए ‘जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन’
१५ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको तिव्र आलोचना भईरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भननुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई..
एमालेको बैठकमा माधव समुहका नेताहरुलाई पनि बोलाईयो
१५ असार, काठमाण्डौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यसअघि कारबाहीमा परेका नेताहरुबाहेक सबैलाई बैठकमा उपस्थित हुन जानकारी गराईएको छ । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल बाहेकका सबै नेतालाई खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेका बाहेक सबैलाई बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’ बैठकले राष्ट्रिय प्रतिनिधि परिषद..
कांग्रेस नेतात्रय निधि, कोइराला र सिंहबीच आज फेरि ‘लञ्च मिटिङ’ हुने
१५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका नेतात्रय उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा आज दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाईरहेको छ । उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा..
सुदूरपश्चिम प्रदेश सभामा मोबाइल नचलाउन सभामुखको रुलिङ
१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन रुलिङ गर्नुभएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गर्नुभएको हो । आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केही सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौं अधिवेशनको १९औँ बैठक सभा बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ..
एमालेको स्थायी समितिको बैठक सुरु
१३ असार, काठमाण्डौँ । नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ । बिहान नौ बजेका लागि बोलाएको बैठक साढे १० बजेपछि मात्रै सुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पार्टी एकता, सर्वाेच्च अदालतले गरेका पछिल्ला फैसला लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि..
कर्णाली प्रदेश सभाका तीन जना एमाले सांसद पुनः निलम्बित
११ असार, कैलाली । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको बताएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको बताएको छ । ‘एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक..
कांग्रेस महाधिवेशनमा पौडेल समुहबाट एक जनाले मात्र सभापतिको उम्मेद्धवारी दिने
११ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आफ्नो समुहबाट पार्टीको महाधिवेशनमा एक जनाले मात्र सभापतिको उम्मेद्धवारी दिने निर्णय गरेका छन् । वसन्धुरास्थित दियालो फूडल्याण्डमा भएको छलफलमा नेताहरुले आगामी १४ औँ महाधिवेशनबाट आफ्नो पक्षबाट एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । नेता पौडेलले भने महाधिवेशन सफल रुपमा सम्पन्न गर्नको लागि आआफ्नो ठाउँबाट सहयोग पुर्याउने बताउनुभएको थियो । तर, सभापति शेरबहादुर देउवाले क्रियाशिल सदस्यता वितरण गर्दा..
प्रचण्ड र माधव नेपालबीच एउटै दलमा रहने सहमती भईसकेको खुलासा
११ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पहिल्यै एउटै दलमा रहने सहमती सहितको खाका तयार भईसकेको खुलासा भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा अध्यक्ष प्रचण्ड र नेता नेपाल एकजुट हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उहाँहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गर्नुभएको थियो । जस अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष हुनुभएको थियो ।..
मन्त्रीहरुको जिम्मेवारी हेरफेरः एक मन्त्रीलाई पाँच मन्त्रालय
१० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । सर्वाेच्च अदालतले २० मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि ओली क्याविनेटमा चार जना मात्रै मन्त्री कायम रहनुभएको थियो । प्रधानमन्त्री ओलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७