एमाले एकतामा थप प्रगति हुन सकेन, दोस्रो तहका नेताहरु नै निराश

एमाले एकतामा थप प्रगति हुन सकेन, दोस्रो तहका नेताहरु नै निराश


२४ असार, काठमाण्डौँ । सत्तारुढ नेकपा एमालेको एकता वार्तामा पछिल्लो १० दिनयता उल्लेख्य प्रगति नभएको कार्यदलका एक सदस्यले बताएका छन् । चार दिनदेखि लगातार छलफलमा बसेको कार्यदलका सदस्यहरु सहमति नजिक पुगेको दाबी गर्दै आएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए ।

कार्यदलमा ओली पक्षको संयोजक रहेका सुवास नेम्वाङले त भरसक आजै (बिहीबार) निष्कर्षमा र्पुयाउने जोड रहेको बताउनुभएको थियो । माधव नेपाल समूहबाट कार्यदलमा रहेका गोकर्ण विष्टले लगभग समाधानको विन्दुमा पुगेको दाबी गर्नुभएको थियो ।

अनौपचारिक छलफल गरेर कार्यदलले १० दिन अगाडि तय गरेको एजेण्डामा ठोस, मूर्त निर्णय गर्न नसकेको कार्यदल सदस्य घनश्याम भुसालले बताउनुभयो ।

बिहीबार साँझ ७ बजे अर्थ मन्त्रालयमा कार्यदलको बैठक पनि बोलाइएको थियो । तर बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल अनुपस्थित रहनुभयो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल मन्त्रिपरिषद् बैठकमा जानु परेको भन्दै उपस्थित हुनुभएन ।

अरु सदस्यले छलफल गरे र उठे । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै कार्यदलका सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले निराश मुद्रामा भन्नुभयो, ‘विहान जे थियो, त्यही नै छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर