आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि ओली छलफलमा (मन्त्री बन्ने सम्भावित नाम)

२३ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल सुरु गर्नुभएको छ । अहिले आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि ओलीले तयारी थाल्नुभएको हो । शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका ७ मन्त्रालयहरुमा रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार छन् । खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा..

जसपा ठाकुर पक्षबाट मन्त्री बनेका १० जनाको सपथ ग्रहण ६ वजे

२२ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् । जसपाका एक नेताका अनुसार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ साथै आज ६ बजे सपथग्रहण हुने ती नेताले बताए । मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव,..

आन्तरिक एकतालाई सुदृढ गर्ने एमाले स्थायी कमिटी बैठकको निर्णय

१८ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेले आन्तरिक एकतालाई सुदृढ गर्नका लागि अन्तिम समयसम्म पनि प्रयत्न जारी गर्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा, लुम्बिनी प्रदेशको उपनिर्वाचनमा अन्तर्घातका कारण पराजित भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँले प्रतिनिधिसभा विगठनपछि अदालतमा विचाराधीन मुद्दालाई प्रभावित हुने गरी चलाइएका..

जसपा विवादः महन्थ ठाकुर पक्षद्धारा उपेन्द्र यादवपनि निष्कासित

१८ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजना नेतालाई यादव पक्षले पार्टीबाट यस अघि नै निष्कासित गरेको थियो । यादव पक्षको यो निर्णय आएलगत्तै ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले जवाफी कारवाही गरेको हो । बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको..

प्रधानमन्त्री ओली र भीम आचार्यबीच तीन घण्टा छलफल

१८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालनिकट नेता भीम आचार्यसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ । बालुवाटार बोलाएर आचार्यसँग ओलीले पार्टी एकताको लागि भूमिका खेल्न आग्रह गरेको बुझिएको छ । नेता आचार्यले पनि आफूहरु एकताकै पक्षमा रहेकोले अन्तिम प्रयास जारी नै रहेको स्पष्ट पार्नुभएको छ । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दे आचार्यले माधव नेपालले मात्रै चाहेर पार्टी नफुट्ने दाबी गर्नुभयो । उहाँले आफूहरु पार्टी एकताकै पक्षमा..

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी

१७ जेष्ठ, काठमाण्डौँ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ । उहाँले चार हजार एक सय ४० मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मतमात्र ल्याउनु भएको छ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा कुल तीन सय मतदाता मध्ये दुई सय ९७ मत खसेको..

बजेट कार्यान्वयनको अभियानलाई भोलिदेखि नै तिव्रता दिन्छुः अर्थमन्त्री पौडेल

१६ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ आएको स्पष्ट पार्नुभएको छ । उहाँले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलेले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका..

जसपा विवादः दुवै पक्षको अल्टिमेटम सकियो, अव के होला ?

१६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले आज एक अर्कालाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । जसको म्याद आजै सकिएको छ । पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७७ बमोजिम निस्कासनसम्मको कारवाही हुने चेतावनी दिइएको थियो । तर, हालसम्म..

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा

१६ जेष्ठ, काठमाण्डौँ । भोली जेष्ठ १७ गते हुने लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनका लागि दलहरूले आ–आफ्नो रणनीति बनाइसकेका छन् । एमालेतर्फ चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे मैदानमा हुनुहुन्छ । पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर काँग्रेसबाट राष्ट्रियसभामा उम्मेदवार बन्नुभएको हो । यस्तै नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका कारण माओवादीले गरेको कारबाहीपछि राष्ट्रियसभा..

जसपा फुटको संघारमा, एक–अर्काको स्पष्टीकरणको म्याद आज सकिँदै

१६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटको संघारमा पुगेको छ । पार्टी भित्रका दुवै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भएको छ । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको म्याद आजै सकिँदैछ । यसअघि दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेष्ठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि हिजो फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिका हुन् । जसपा..