राजनीति
सर्वाेच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छः कांग्रेसका प्रवक्ता शर्मा
२० असार, काठमाण्डौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वाेच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताउनुभएको छ । आज विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वाेच्च अदालतले संविधानको पुनर्जीवन दिने अपेक्षा गर्नुपर्ने बताउनुभएको हो । उहाँले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा रहेको..
१० दिनभित्र आफ्ना कार्यकर्ताको रिहाइ गर्न नेकपा (विप्लव समुह)को माग
२० असार, काठमाण्डौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण..
हस्ताक्षर फिर्ता नभए एमाले एकता सम्भव छैनः प्रधानमन्त्री ओली
१९ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब एमाले अगाडि बढ्ने उद्घोष गर्नुभएको हो । ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गर्नुभयो । ‘जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने,..
एमाले एकताका लागि निर्णयक छलफलमा दोस्रो तहका नेताहरु
१९ असार, काठमाण्डौँ । नेकपा एमालेको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णयक छलफलमा जुटेका छन् । सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल असहमत हुनुहुन्छ । वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी महासचिव घनश्याम भुसाल नेपालनिवास कोटेश्वर प्ग्नुभएको छ । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने बताइएको छ । सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव..
हस्ताक्षर फिर्ता बारे आन्तरीक छलफल गर्दै माधव समुह
१९ असार, काठमाण्डौँ । नेकपा (एमाले)का माधव कुमार नेपाल समुह आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहति २३ जना सांसदलाई सोमबार साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि नेता नेपाल अब के गर्ने भन्नेबारे निर्णय लिनको लागि आन्तरिक छलफलमा जुटेका हुन् । नेता नेपालनिकट नेता सोमप्रसाद पाण्डेले नेता नेपाल कोर टिमसँग छलफलमा जुटेको पुष्टि गर्नुभयो । उहाँले..
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
१९ असार, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने तामाङले बताउनुभयो । आगामी मङ्सिर २ देखि ६ मा हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ..
एमाले उपाध्यक्ष वामदेव गौतम बालुवाटारमा
१८ असार, काठमाण्डौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेष्ठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गरेको जनाएको छ । एमालेभित्रको विवादमा वामदेव तटस्थ रहनुभएको छ । तर, उहाँ पार्टी एकताको पक्षमा उभिनुभएको छ । उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । हिजै..
एमालेको माधव समूह भोलीको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने
१७ असार, काठमाण्डौँ । नेकपा एमालेका माधव नेपाल समूहले भोलीको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । आज बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । भोली बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक..
पूर्वमाओवादीका ४ सहित ८ नेता एमाले स्थायी कमिटीमा
१६ असार, काठमाण्डौँ । नेकपा एमालेले पूर्वमाओवादी छाडी एमाले प्रवेश गरेका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो । आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको..
एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षका ११ नेताको कारवाही पनि निष्क्रिय
१६ असार, काठमाण्डौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । २०७७ चैत्र ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशन आयोजना गर्न केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७